सोलु दुधकुण्ड नगरपालीकाले ल्यायो ५० करोड बढिको बजेट

सोलु दुधकुण्ड नगरपालीकाले ल्यायो ५० करोड बढिको बजेट

गाउँले न्युज, २३ असार, सोलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिकाले आमागी आर्थिक बर्षका लागि ५० करोड भन्दा बढिको बजेट ल्याएको छ । नगरपालिकाको ५ औँ नगरसभाले आर्थिक बर्ष २०७६/७७ का लागी ५० करोड ६१ लाख ७९ हजार रुपैयाको बजेट ल्याएको हो ।
नगरपालिकाले प्रस्तुत गरेको बजेटमा सबै भन्दा बढी सशर्त कार्यक्रममा २१ करोड ८५ लाख रुपैँया विनियोजन गरिएको छ भने सबै भन्दा कम मानव संशाधन विकासमा ९ लाख ८४ हजार ५ सय रुपैयाँ विनियोजन गरिएको छ ।
मोटरेवल पुल निर्माणका लागि ४ करोड ४२ लाख बजेटको व्यवस्थापन गरिएको छ । सडक तर्फ ३ करोड ८६ लाख ५० हजार, ऊर्जा तथा जलविद्युत तर्फ १ करोड ३ लाख, पर्यटन तथा धर्मसंस्कृति तर्फ १ करोड ८५ लाख ५० हजार रुपैयाँ विनियोजन भएको छ ।
नगरपालिकाले खेलकुद तर्फ ३८ लाख, खानेपानी तर्फ ६३ लाख, शिक्षा तर्फ १ करोड २४ लाख ५० हजार रुपैया छुट्याएको छ । त्यसैगरीे स्वाथ्य तर्फ ५२ लाख, कृषि, पशुपालन तथा सिचाईमा १ करोड २९ लाख २९ हजार ३ सय रुपैया रहेको नगरपालीकाले जनाएको छ ।
वडा तर्फ ४ करोड ९५ लाख रकम छुट्याएको नगरपालिकाले प्रशासनिक खर्च चर्फ ७ करोड ४२ लाख ३६ हजार २ सय बजेट विनियोजन गरेको नगर प्रबक्ता सारदा माया तामाङले जानकारी दिनुभयो । त्यसै गरी सुशासन तथा संस्थागत विकासका लागी ६३ लाख र फोहोरमैला व्यवस्थापन तर्फ ५३ लाख बजेट विनियोजन गरिएको छ । लक्षित वर्गको कार्यक्रमका लागि १ करोड ८ लाख ९२ हजार रकम विनियोजन गरिएको प्रबक्ता तामाङले बताउनुभयो ।

sourse:solufm

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका