पूर्वमन्त्रीका अं‍गरक्षकलगायत ६ जना कस्तुरीको बिनासहित पक्राउ

पूर्वमन्त्रीका अं‍गरक्षकलगायत ६ जना कस्तुरीको बिनासहित पक्राउ

गाउँले न्युज, २३ असार, काठमाडौं । कस्तुरीको बिना कारोबारमा संलग्नको आरोपमा काठमाडौँबाट एक प्रहरीसहित छ जना पक्राउ परेका छन् ।
महानगरीय प्रहरी कर्यालय काठमाडौंका प्रवक्ता श्यामलाल ज्ञवालीले प्रहरी हबल्दार बमबहादुर चन्दसहित ६ जनालाई कस्तुरीको बिनासहित पक्राउ गरेको पुष्टि गरे ।
प्रहरी हवल्दार चन्द पूर्वमन्त्री एवं नेकपा नेता दीनानाथ शर्माका अंगरक्षक हुन् । पक्राउ परेका अन्य व्यक्तिको पहिचान भने खुलाइएको छैन ।
महानगरीय प्रहरी कर्यालय काठमाडौंका अनुसार सोमबार दिउँसो पत्रकार सम्मेलन गरेर उनीहरुलाई सार्वजनिक गर्ने तयारी गरिएकाे छ । सभार अनलाईनखबर

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका