एसईई पूरक परीक्षाको समय तालिका परिवर्तन (संशोधित तालिकासहित)

एसईई पूरक परीक्षाको समय तालिका परिवर्तन (संशोधित तालिकासहित)

गाउँले न्युज, २२ असार काठमाडौँ । परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा कक्षा १० को ग्रेडवृद्धि (पूरक) परीक्षाको समय तालिका परिवर्तन गरेको छ । यसअघि साउन २६ र २७ का लागि तोकिएको परीक्षा भदौ १ गतेदेखि ११ गतेसम्म हुने बोर्डले जनाएको छ ।

भदौ १ गते अनिवार्य अंग्रेजी, अनिवार्य नेपाली र अनिवार्य संस्कृत भाषा र साहित्यको परीक्षा हुने छ । भदौ २ गते गैह्र नेपाली विद्यार्थीहरुका लागि अंग्रेजी विषयको परीक्षा निर्धारण गरिएको छ ।

भदौ ३ गते अनिवार्य गणित र भदौ ४ गते अनिवार्य विज्ञान विषयको परीक्षा सञ्चालन हुने बोर्डको संशोधित तालिकामा उल्लेख छ ।

भदौ ५ गते प्राविधिकतर्फ फार्म म्यानेजमेन्ट एण्ड मार्केटिङ, इन्जिनियरिङ ड्रइङ्ग, कम्प्युटर रिपेयर एन्ड मेन्टेनेन्स र बेसिक म्युजिक विषयको परीक्षा हुने छ ।
भदौ ६ गते अनिवार्य स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षा, अनिवार्य संस्कृत भाषाको परीक्षा हुने छ ।
भदौ ६ गते नै प्राविधिकतर्फ अक्वाकल्चर एण्ड फिसरिज, इलेक्ट्रिकल मेजरमेन्ट एण्ड इन्स्ट्रुमेन्ट, कम्प्युटर नेटवर्क, इन्जिनियरिङ सर्भे र म्युजिक अफ नेपालको परीक्षा हुने छ ।
भदौ ७ गते शनिबारको दिन पनि परीक्षा तोकिएको छ । यस दिन ऐच्छिक प्रथमका सबै विषयहरु र प्राविधिकतर्फ ऐच्छिक गणितको परीक्षा हुने बोर्डले जनाएको छ ।
भदौ ८ गतेदेखि ११ गतेसम्म प्राविधिकतर्फका अन्य विषयहरुको परीक्षा निर्धारण गरिएको छ ।
परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने छ । सैद्धान्तिक दुई विषयसम्म ‘सी’ वा ‘सी’भन्दा तलको ग्रेड हासिल गरेका नियमिततर्फका विद्यार्थी पूरक (ग्रेड वृद्धि) परीक्षामा सहभागी हुन पाउने छन् । २ विषयमा अनुपस्थित विद्यार्थीले पनि परीक्षामा सहभागी भएर लाभ लिन सक्ने बोर्डले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका