गाउँले न्युज, १९ असार, सोलुखुम्बु । खुम्बु पासँगल्यमु स्थित लुक्ला विमानस्थल (तेञ्जिङ हिलारी विमानस्थल) विस्तार गरिने भएको छ । विश्वकै खतरापूर्णमध्येको एकमा पर्ने विमानस्थलको दक्षिणी भागतर्फ ५० देखि ६० मिटरसम्म विस्तार गरिने भएको हो ।
जहाज अवतरणको क्रममा केही तल ठोकिएर दुर्घटना हुनथलेपछी त्यस क्षेत्रमा थप धावनमार्ग विस्तारको तयारी थालिएको खुम्बु पासाङल्हामु गाउँपालिका अध्यक्ष निमदोर्जी शेर्पाले बताए । उक्त दुर्घटनाको छानविन समितिको सुझाप अनुसार धावनमार्ग विस्तार गर्न उपयुक्त हुने भएकोले प्रदेश १ का मुख्यमन्त्री, सोलुखुम्बुका संसद र स्थानीय सरकारले अनुगमन गरी विस्तार गर्न लागिएको अध्यक्ष शेर्पाले बताए ।
विमानस्थलको प्रदेश १ का मुख्यमन्त्री सेरधन राई, प्रतिनिधिसभा संसद योगेश भट्टराई, गाउँपालिका प्रमुख निम्दोर्जी शेर्पा, नागरिक उडड्यन प्राधिकरण लुक्लाका प्रमुख इमानाथ अधिकारीसहितको टोलीले स्थलगत अनुगमन गरेका थिए । अवलोकन पछि विस्तार गर्न मिल्ने क्षेत्रमा तत्काल बिस्तारका लागि पहल थाल्ने मुख्यमन्त्री राईले बताए । हाल ३० मिटर चौडाइ र ५ सय २७ मिटर लम्वाई रहेको विमानस्थल थप धावनमार्ग विस्तारपछि जहाज अवतरण र उडानमा सहज हुने राईले बताए ।
२ हजार ८ सय ४५ मिटर उचाइमा रहेको विमानस्थलमा चाँडै मौसम बदली हुने भएकाले दुर्घटना पनि बढी हुने गरेको छ। यस विमानस्थलमा पहिलोपटक सन् १९७३ अक्टुवर १५ मा तत्कालिन शाही नेपाल वायु सेवा निगमको जहाज दुर्घटना भएको थियो। पछिल्लोपटक सन् २०१९ अप्रिल १४ मा समिट एयरको जहाज दुर्घटना भएपछि यस विमानस्थलमा भएको दुर्घटना संख्या ११ पुगेको छ। प्राधिकरणले १२ रोपनी जग्गामा १० वटा हेलिकप्टर अवतरण हुने गरी नयाँ हेलिप्याड निर्माण अन्तिम चरणमा पुर्याएको छ । सन् १९६४ मा निर्माण भएको लुक्ला विमानस्थललाई सन् २००८ मा तेञ्जिङ हिलारी लुक्ला विमानस्थल भनेर नामाकरण गरिएको हो ।
यो विमानस्थल नेपालकै व्यस्त मध्येको एक रहेको प्राधिकरणले जनाएको छ । लुक्लामा सन् २०१७ मा १ लाख ४६ हजार ८ सय ७९ र २०१८ मा १ लाख २४ हजार ९ सय २९ यात्रु अवतरण भएका थिए ।
sourse:newsnepal
https://gaulenews.com/?p=46853
https://gaulenews.com/?p=46853
https://gaulenews.com/?p=46611