Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
कांग्रेस सोलुखुम्बुको आन्तरिक विवाद चरम उत्कर्षमा, सभापति देउवा आउने कार्यक्रमबारे दुईटा विज्ञप्ती – Gaule Khabar

कांग्रेस सोलुखुम्बुको आन्तरिक विवाद चरम उत्कर्षमा, सभापति देउवा आउने कार्यक्रमबारे दुईटा विज्ञप्ती

कांग्रेस सोलुखुम्बुको आन्तरिक विवाद चरम उत्कर्षमा, सभापति देउवा आउने कार्यक्रमबारे दुईटा विज्ञप्ती

गाउँले न्युज, १३ असार काठमाडौं । आङगेलु शेर्पा र बलबहादुर केसी समुहबीच विगत लामो समयदेखि देखिएको नेपाली कांग्रेस सोलुखुम्बुको आन्तरिक विवाद फेरी एकपटक चरम उत्कर्षमा देखिएको छ । कांग्रेस सोलुखुम्बु काठमाडौं सम्पर्क समितिले काठमाडौंमा आयोजना गर्न लागेको बृहत प्रशिक्षण कार्यक्रम केसी समुहले रोक्न खोजेपछि आन्तरिक विवाद फेरी सडकमा आएको हो ।

सम्पर्क समितिले असार १४ गते शनिबारको दिन काठमाडौंको चावहिलस्थित ए वान पार्टीप्यालेसमा कार्यक्रम आयोजना गर्ने तयारी गरेर प्रचार प्रसार गरिरहेको छ । पार्टीका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा आयोजना गर्न लागिएको उक्त कार्यक्रममा पार्टी प्रवक्ता विश्व प्रकाश शर्मा तथा धनराज गुरुङ, प्रमोदहरी गुरागाईलगायतका नेताहरु प्रशिक्षक एवं प्रमुख वक्ताको रुपमा आउने सम्पर्क समितिले सामाजिक सञ्जालमार्फत पठाएको निमन्त्रणा पत्रमा उल्लेख गरिएको छ ।

तर, केसी समुहले उक्त कार्यक्रमका विरुद्ध एक प्रेस विज्ञप्ती जारी गरी पार्टीलाई एक ढिक्का हुन नदिने गुट र गिरोहहरुको कुनियत मनसायले कार्यक्रम आयोजना गर्न लागिएको भन्दै खेद प्रकट गरेको बताएको छ । ‘यस्ता कार्यक्रमप्रति खेद प्रकट गर्दै नेपाली कांगे्रसको इमान्दार क्रियाशिल साथीहरुमा सजग रहन जिल्ला कार्यसमिति हार्दिक अनुरोध गर्दछ’ सचिव धनजन राईको हस्ताक्षर रहेको विज्ञप्तीमा लेखिएको छ ।

यता समितिका सभापति मनोज खड्का र महासचिव रोशन थुलुङले सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको विज्ञप्ती कांगे्रसको लेडटरप्याड दुरुपयोग गरी केही मानिसले दुराशययुक्त मनसायले कार्यक्रमबारे भ्रामक र कथित विज्ञप्ती जारी गरिएको स्पष्ट पारेका छन् । खड्का र राईद्धारा हस्ताक्षरित विज्ञप्तीमार्फत पूर्व निर्धारित मिति, समय र स्थानमा कार्यक्रम आयोजना हुने भएकाले सबैलाई उपस्थितिका लागि आमन्त्रण गरिएको छ ।

विज्ञप्तीमा लेखिएको छ, ‘जनमानसमा भ्रम श्रृजना गर्नेगरी कलुसित नियतले त्यस्तो विज्ञप्ती सामाजिक सञ्जालमार्फत सम्पे्रशन गरेको पाइएकोले उक्त भ्रामक कथित विज्ञप्तीमा उल्लेखित व्यहोरामा विश्वास नगरी पूर्वनिर्धारित मिति, समय र स्थानमा उल्लिखित कार्यक्रममा उपस्थित भईदिनु हुन नेपाली कांगे्रसप्रति आस्थावान सबैमा सादर अनुरोध गरिन्छ ।’
यसरी छुट्टाछुट्टै जारी दुइटा विज्ञप्ती आआफ्नो समुहले आफ्नो फेसबुक वालमा शेयर गरिरहेको पाइएको छ ।

sourse:shikharpost

https://gaulenews.com/?p=46653

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ