Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
सोलुखुम्बुमा बालिका बलत्कारको घटना बढ्यो: इन्सेक – Gaule Khabar

सोलुखुम्बुमा बालिका बलत्कारको घटना बढ्यो: इन्सेक

सोलुखुम्बुमा बालिका बलत्कारको घटना बढ्यो: इन्सेक

गाउँले न्युज, १३ असार, सोलुखुम्बु । सोलुखुम्बु जिल्लामा घटेको घटनालाई हेर्दा बालिका बलतकार को सङ्ख्या बढी रहेको देखिएको छ । अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक) को प्रतिवेदनमा सो विवरण देखिएको हो ।
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० का लागि अर्धबार्षिक समिक्षा कार्यक्रममा (इनसेक) उक्त प्रतिवेदन सारजनिक गरिएको हो । प्रतिवेदननुसार ६ महिनाको अवधिमा पाँच वटा बलत्कार मध्ये तीन वटा बालिका बलत्कार रहेको छ । राज्य तथा गैर राज्य पक्षबाट भएका आठ वटा घटनालाई हेर्दापनि सबैभन्दा बढी बलत्कारनै रहेको छ । ती घटना मध्ये मध्ये एउटा भौतिक संरचनामा क्षती, गालिबेईजत र गिरफ्तार रहेको छ

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी नरेन्द्र कुमार रानाले जिल्लामा मावन अधिकार हननका घटनामा कमि ल्याउनको लागि सबै पक्ष जिम्मेवार भएर लाग्नुपर्ने बताए । सरकारले गरेको कार्यमात्रै मावन अधिकार हनन नभइ गैह्र राज्यपक्षबाट पनि भएका गतिविधिलाई मानवअधिकारको क्षेत्रमा काम गर्ने निकायले ध्यानदिनुपर्ने पनि बताए । स्थानीय तहमा पनि घटना दर्ता हुनेभएकाले त्यसलाई समेत अभिलेखमा राख्नु सझुाव दिए । कार्यक्रमा जिल्लामा मानवअधिकार सम्बन्धि विभिन्न क्षेत्रमा काम गरिरहेका संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख एवम् प्रहरी नायव उपरिक्षक सालिग्राम शर्माले, नेपाल मानव अधिकार संगठन सोलुखुम्बुका अध्यक्ष भोजकुमार अधिकारी, उप सभापति हिमाल गिरी, महिला मानव अधिकार रक्षक सञ्जाल सोलुखुम्बुकी अध्यक्ष टंकिमाया बस्नेतलेले आफ्नो बिचरा राख्नुभएको थियो ।

https://gaulenews.com/?p=46961

https://gaulenews.com/?p=46935

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका