हाङयुग अज्ञातलाई वर्ष गीत पुरस्कार

हाङयुग अज्ञातलाई वर्ष गीत पुरस्कार

गाउँले न्युज, ९ असार, काठमाडौै । गीतकार संघ नेपालले हङकङका गीतकार हाङयुग अज्ञातलाई “वर्ष गीत पुरस्कार २०७५” बाट पुरस्कृत गरेका छन । उक्त पुरस्कार अज्ञातसहित गीतकार डीआर उपाध्यायलाई संयुक्त प्रदान गरिएको हो ।
गीतकार संघको नवौं वार्षिकोत्सवको अवसरमा हिजो (शनिबार) नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीको पुस्तकालय हलमा आयोजित कार्यक्रममा ५१ हजार रुपैयाँ राशीको उक्त पुरस्कार प्रदान गरिएको हो । संघका अध्यक्ष शुभ मुकारुङको अध्यक्षता तथा प्रथम राष्ट्रपति रामवरण यादवको प्रमुख आतिथिमा सम्पन्न कार्यक्रममा गीतकार नगेन्द्र थापालाई १ लाख रुपैयाँ राशीसहित “अमर भावना राष्ट्रिय सम्मान” बाट सम्मानित गरिएको थियो ।

त्यस्तै वर्ष गीति पुस्तक –२०७५ बाट गौरव गुरुङ र उर्मिला कोइरालालाई सयुक्त रूपमा एकाउन्न हजार राशित सहितको पुरस्कार दिइएको छ । हङकङका गीतकार रामकृष्ण बान्तावालाई ११ हजार रुपैयाँसहित डायस्पोरा श्रष्टा सम्मान प्रदान गरिएकाे थियो ।

हाङयुग अज्ञातलाई “आमा मेरो” शिर्षकको गीतमार्फत पुरस्कृत गरिएको हो । उक्त गीतलाई दिनेश सुब्बाले संगीत दिएका छन् भने बेनुका राईको स्वर रहेको छ । नाट्यकर्मी सोमनाथ खनालको निर्देशन रहेको गीतको म्युजिक भिडियोमा बबिता मल्ल ठकुरी, सम्झना सिर्पाली र सिञ्जल भट्टराई लगायतको अभिनय रहेको छ ।

कार्यक्रममा मुखपत्र ‘गीतकार’को विमोचन पनि गरिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका