१० दिन ढिलो गरी मनसुन भित्रियो, आज औपचारिक घोषणा

१० दिन ढिलो गरी मनसुन भित्रियो, आज औपचारिक घोषणा

गाउँले न्यूज, ५ असार, काठमाडौँ । नेपालमा १० दिन ढिलो गरी मनसुन प्रबेश गरेको गरेको छ । सामान्तया १० जुनमा मनसुन भित्रिने भए पनि १० दिन ढिलो गरी बिहीबार पूर्वी भागबाट मनसुन सुरु भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद् मीनकुमार अर्यालले पूर्वी भागमा मनसुन प्रवेशपछि वर्षा सुरु भएको बताए । ‘ताप्लेजुङ, झापा, ईलाम, तेह्रथुम हुँदै मोरङसम्मै मनसुनी गतिविधिस्वरुप वर्षा भएको छ बताए ।
महाशाखाले दिउँसो वरिष्ठ मौसमविद र मनसुनी गतिविधिबारे विस्तृत विश्लेषण गरी औपचारिक रुपमा मनसुन सुरु भएको घोषणा गर्ने तयारी गरिरहेको जनाएको छ ।

‘अहिलेको मनसुनी गतिविधिको ‘स्ट्रेन्थ’ कति हो । वायुमण्डलमा हुनुपर्ने सबै गतिविधि भएको छ/छैन सबै अध्ययन गरिरहेका छौं,’ उनले थपे, ‘सतहको दुई किमि माथिसम्म दक्षिण पूर्वी वायु भए/नभएको, न्युनचापीय रेखा (मनसु ट्रफ लाइन) र बंगालको खाडीमा सर्कुलेसन कति देखा पर्‍यो सबै विश्लेषण गर्ने बताए ।’

sourse:ekantipur

https://gaulenews.com/?p=46853

https://gaulenews.com/?p=46818

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका