शताब्दीको अन्त्यमा विश्वको जनसंख्या ११ अर्ब पुग्दै, २०२७ सम्ममा भारतले चीनलाई उछिन्ने

शताब्दीको अन्त्यमा विश्वको जनसंख्या ११ अर्ब पुग्दै, २०२७ सम्ममा  भारतले चीनलाई उछिन्ने

गाउँले न्यूज, काठमाडौं । छिमेकी भारत सन् २०२७ पछि विश्वकै सबैभन्दा बढी जनसंख्या भएको मुलुक हुने संयुक्त राष्ट्र संघको पछिल्लो रिपोर्टमा उल्लेख गरिएको छ । त्यतिन्जेलसम्ममा भारतले चीनलाई उछिन्ने र २७३ मिलियन जनता अहिले र सन् २०५०को बीचमा थपिने जनाइएको छ ।
‘द वल्र्ड पपुलेसन प्रस्पेक्ट्स २०१९ः हाइलाइट्स’ नामको सोमबार प्रकाशित रिपोर्टमा विश्वको जनसंख्या आगामी ३० वर्षमा अहिले रहेको ७ दशमलब ७ बिलियन(७ अर्ब ७० करोड)बाट बढेर २०५० सम्ममा ९दशमबलब ७ बिलियन (९ अर्ब ७० करोड)पुग्ने जनाइएको छ । यो शताब्दिको अन्त्य सम्ममा विश्वको जनसंख्या ११ बिलियन(११ अर्ब) पुग्ने समेत अध्ययनमा देखाइएको छ ।
सन् २०५० सम्ममा धेरैजसो जनसंख्या बृद्धि हुने ९ मुलुकमा भारत, नाइजेरिया, पाकिस्तान, डेमोक्रेटिक रिपब्लिक अफ कंगो, इथियोपिया, तान्जानिया, इण्डोनेसिया, इजिप्ट र अमेरिका हुने जनाइएको छ । २०५० सम्ममा नाइजेरियामा २०० मिलियन मानिस बढ्ने जनाइएको छ । भारत र नाइजेरियाको मात्रै जनसंख्या त्यतिबेला विश्वको २३ प्रतिशत जनसंख्या हुने समेत रिपोर्टमा उल्लेख छ । यसअघि संयुक्त राष्ट्र संघको प्रतिवेदनमा भारत चीन भन्दा बढी जनघनत्व भएको मुलुक सन् २०२२ सम्ममा नै हुने र जनसंख्याको हिसाबले सन् २०२४मा उछिन्ने जनाइएको थियो ।
चीनमा अहिले १दशमलब ४३ बिलियन मानिस रहेका छन् भने भारतमा १दशमलब ३७ बिलियन रहेका छन् । दुवै देश विश्वका धेरै जनसंख्या भएका मुलुकमा पर्छन । चीनले विश्वको जनसंख्याको कूल १९ प्रतिशत र भारतले १८ प्रतिशत अ‍ोगटेका छन् । त्यसपछि अमेरिका ३२९ मिलियन र इण्डोनेसिया २७१ मिलियन जनसंख्या रहेका मुलुक भएको २०१९को रिपोर्टमा उल्लेख छ । सन् २०५० सम्ममा भारतको जनसंख्या १दशमलब ५ बिलियन हुने र चीनमा १दशमलब १ बिलियन, नाइजेरियामा ७३३ मिलियन, अमेरिकामा ४३४ मिलियन र पाकिस्तानमा ४०३ मिलियन जनसंख्या हुने अनुमान गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका