गाउँले न्यूज, १६ जेष्ठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भारत प्रस्थान गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन दिल्ली जानुभएको हो ।
प्रधानमन्त्री ओली दिल्ली प्रस्थान गर्दा विमानस्थलमा सभामुख कृष्ण बहादुर महरा, राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना, उपप्रधानमन्त्री ईश्वर पोखरेललगायतका मन्त्री तथा नेकपाका नेताहरु उहालाई बिदाई गर्न पुगेका थिए ।
प्रधानमन्त्री ओली भारतका नवनिर्वाचित प्रधानमन्त्री मोदीको शपथ ग्रहणमा सहभागी भई बधाई तथा शुभकामना दिने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।
बिहीबार दिउँसो १ः३५ को नेपाल वायुसेवा निगमको नियमित उडानबाट ओली दिल्ली गएका हुन् । उनी शुक्रबार स्वदेश फर्किने कार्यक्रम रहेको छ ।