गाउँले न्यूज, १५ जेष्ठ, सोलुखुम्बु । माप्य दुधकोशी गाउँपालिका वडा नं.५ स्थित सप्तरङ्गी दलित युवा समूहको भवनको उद्धघाटन कार्यक्रम सम्पन्न भएको छ ।
आज एक कार्यक्रम बीच माप्य दुधकोशी गाउँपालिका अध्यक्ष बुदिकिरण राई र माप्य दुधकोशी गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष निमराज तामाङले उक्त भवनको सामूहिक रुपमा उद्धघाटन गर्नुभएको हो ।
माप्य दुधकोशी गाउँपालिकाको आर्थिक वर्ष २०७५/०७६ को १५ लाख लागतमा उक्त भवन निमार्ण भएको वडाध्यक्ष निमराज तामाङले बताए ।
उद्धघाटन समारोहलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि बुद्धि किरण राईले आगामि बजेट बिनियोजनमा गाउँपालिकाले सबै जाति र भाषाको उत्थानको निम्ति पहल गर्ने बताए ।