नेपाली काङ्ग्रेस सोलुखुम्बुले थाल्यो जागरण अभियान, आङगेलु एक पक्ष अनुपस्थित

नेपाली काङ्ग्रेस सोलुखुम्बुले थाल्यो जागरण अभियान, आङगेलु एक पक्ष अनुपस्थित

गाउँले न्यूज, २६ बैशाख, सोलुखुम्बु । नेपाली कांग्रेसले बुधबार मुलुकभर एकसाथ ‘हिमाल, पहाड, तराई मधेश नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान’ शुरु गरेसँगै सोलुखुम्बुमा पनि शुरु भएको छ । सोलुखुम्बुका लागि नेपाली काँग्रसकी नेतृ कुमारीलक्ष्मी राईको प्रमुख अतिथिमा शुरु भएको अभियान जिल्ला, क्षेत्र, गाउँ, नगर, वडा र टोलसम्म बिस्तार हुने नेपाली काङ्रेस सोलुखुम्बुले जनाएको छ ।
कार्यक्रलाई सम्बोधन गर्दै नेपाली काँग्रसकी नेतृ तथा कार्यक्रमका प्रमुख अतिथी कुमारीलक्ष्मी राईले पार्टीलाई एक ढिक्का बनाएर अघि बढ्नुपर्ने बताए । सोलुखुम्बुको विवाद मिलाउन पार्टीभित्रकै तेस्रो पक्षले मध्यस्थकर्ताको भूमिका निर्वाह गर्नुपर्ने भन्दै मिलेर अघि बढ्नुको विकल्प अरु केही नभएको बताए ।

नेपाली काङ्रेसका पुराना नेता आङछिरिङ शेर्पाको सदस्यता नविकरण गर्दै अभियानको शुभारम्भ गरिएको हो । कार्यक्रममा बोल्ने अधिकामस बक्ताहरुले पार्टी मिलाएर अघि बढ्न नेताहरुलाई सुझाव दिए । कार्यक्रममा आङगेलु पक्षका नेता कार्यकर्ताको उपस्थिती नभएपछी कार्यकर्तामा अन्योल देखिएको थियो ।

तीन चरणमा हुने अभियानको प्रथम चरण यही वैशाख २५ गते प्रारम्भ भई आगामी जेठ २५ गते समापन हुने नेपाली काङ्रेस जिल्ला सभापति विनोदकुमार बस्नेतले बताए । दोस्रो चरण भदौ २४ गते (वीपी जयन्ती) का दिन प्रारम्भ भई असोज ७ गते समापन हुने छ भने तेस्रो चरण पुस ७ गते प्रारम्भ भई पुस १६ गते (मेलमिलाप दिवस) मा समापन हुने अध्यक्ष बस्नेतले बताए ।

प्रथम चरण ७७ जिल्लामा, दोस्रो चरण ३३० प्रदेश निर्वाचन क्षेत्रमा र तेस्रो चरण ७५३ स्थानीय तहमा हुने कार्यक्रमको तालिका छ । अभियानले पार्टीको महासमिति बैठकबाट पारित नीति, कार्यक्रम र संशोधित विधानबारे पार्टीको स्थानीय तहसम्म सुसूचित गर्ने, पार्टीमा एकता तथा सुदृढीकरणका गतिविधि अघि बढाउने र कांग्रेसको नेतृत्वमा मुलुकले हासिल गरेका राजनैतिक उपलब्धि एवं समृद्धिको सम्प्रेषण गर्नेलगायत उद्देश्य राखेको छ ।

जागरण अभियान अन्तर्गत अभियानको उद्देश्य सम्प्रेषण गर्ने, सदस्यता वितरण गर्ने, प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने, पार्टीको अभिलेख सङ्कलन कार्यक्रमलाई तीव्रता दिने र सङ्घर्षकालका ऐतिहासिक घटनास्थलमा पुगेर ‘श्रद्धा र प्रेरणा’ कार्यक्रम गरिने पनि नेपाली गाङ्रेसले जनाएको छ ।

परिमार्जित विधानमा उल्लेख भएबमोजिम पार्टीका तर्फबाट विभिन्न तहमा विजयी या उम्मेदवार र पार्टीको सम्बन्धित तहको कार्यसमितिबीच मासिक नियमित बैठकको प्रारम्भका लागि प्रथम बैठक आयोजना गरिने पनि नेपाली काङ्रेसले जनाएको छ ।

अभियानका लागि मैथिली, मगर, नेवारी, तामाङ, गुरुङ, भोजपुरी, राई, लिम्बू, थारू, राजवंशी, देउडा भाका र नेपाली गरी १२ भाषामा पार्टीको जागरण गीतको व्यवस्था गरेको अवगत गरिएको छ । पार्टीको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले अभियानलाई थप प्रभावकारी बनाउन प्रशिक्षण कार्यक्रम गर्ने तयारी गरेको छ ।

त्यस्तै पार्टीको केन्द्रीय अनुशासन समितिले अभियानलाई अनुशासित र व्यवस्थित बनाउन ‘डेमोक्र्याटिक लयर्स एशोसियसन’को राष्ट्रव्यापी संरचनालाई पर्यवेक्षण अभिभारा सुम्पेको कांग्रेसले जनाएको छ ।

 

https://gaulenews.com/?p=46346

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका