वाकु जोड्ने कायाघाटमा बन्ने भयो पक्की पुल

वाकु जोड्ने कायाघाटमा बन्ने भयो पक्की पुल

गाउँले न्यूज, १६ बैशाख, सोलुखुम्बु । सोलुखुम्बु जिल्लाको थुलुङ दुधकोशी गाउँपालीका ८ देउसा रनेम हुँदै माप्य दुधकोशी गाउँपालीकाको वडा न ६ र ७ साबिकको वाकु गा.वि.स.जोड्ने कायघाटमा पक्की मोटरेवल पुल बन्ने भएको छ । अहिले आस्थायी रूपमा ह्युम पाइप बिछ्याएर कायाघाटबाट वाकुको लागि गाडी सन्चालन भाईरहेको छ ।

कायाघाटमा पक्की मोटरेबल पुलको लागी प्रतिनिधि सभाका सदस्य मा हेमा कुमार राई को संसद कोषबाट रू १० लाख बजेट बिनियोजन भईसकेको माप्यदुधकोशी गाउँपालीकाका अध्यक्ष बुद्धिकिरण राईले बताए ।
कायाघाटको पक्की पुलको लागि अहिले डि.पि.आर. तयार भईरहेकोले बजेटको लागत ठ्याकै भन्न नसकिने अध्यक्ष राईले बताए ।

माप्यदुधकोशी गाउँपालीकाको आर्थीक बर्ष २०७६/०७७ को बजेटबाट आवश्यक बजेट बिनियोजन गर्ने र बाँकी बजेटको लागि प्रदेश र केन्द्र सरकारसँग अनुरोध गर्ने अध्यक्ष राईले बताए । अध्यक्ष राईले कायाघाट मोटरेबल पुल आगामी माग मसान्त सम्म जसरी भएनी बनाउने बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका