‘हेडमास्टर’ हुनको लागि परीक्षा दिनुपर्ने

‘हेडमास्टर’ हुनको लागि परीक्षा दिनुपर्ने

गाउँले न्यूज, १५ बैशाख, सोलुखुम्बु । शैक्षिक सुधारका लागि थुलुङ दुधकोशी गाउँपालिकाले विद्यालयको प्रधानाध्यापकका लागि परीक्षा सञ्चालन गर्ने भएको छ । गाउँ शिक्षा समितिले २०७६ लाई ‘शैक्षिक सुधार बर्ष’कै रुपमा अघि बढाउने सोचले शैक्षिक गुणस्तर बृद्धिका लागि प्रधानाध्यापक खुला प्रतिस्पर्धाबाट नियुक्त गर्ने नीति लिएको प्रमुख प्रशासकीय अधिकृत अविलाल राईले जानकारी दिए ।

आगामी जेठको अन्तिमसम्ममा विषयगत विज्ञहरुको टोली बनाई १०० अंकभारको परीक्षा लिन लागिएको र शिक्षकहरुले ५० अंकभारको लिखित परिक्षा दिनुपर्ने छ भने २५ अंकभारको विद्यालय सुधार योजनाको प्रस्ताव पेश गर्नुपर्ने छ । अन्तर्वार्ता पनि लिइने गाउँपालिकाले जनाएको छ । गाउँपालिकामा ९ माध्यमिक विद्यालय सहित ५२ सामुदायिक विद्यालय संचालनमा रहेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाको एक मात्र लक्ष्य शैक्षिक सुधार रहेको गाउँपालिकाले जनाएको छ । जनीतिक आस्थाको भरमा अबदेखी तेरो मेरो नचल्ने गाउँपालिका अध्यक्ष असिम राईले बताए ‘परीक्षाबाट फ्रेस, गतिशील र शिक्षा क्षेत्रको बृद्धिका लागि स्पष्ट योजना भएको प्रध्यानाध्यापक नियुक्त गर्ने अध्यक्ष राइले बताए । जसले, सामुदायिक विद्यालयको व्यवस्थापन चुस्त बन्न सक्नेमा उहा विश्वाशत हुनुहुन्छ । उनले बोर्डिङ स्कुलको शिक्षाका लागि सहर झर्नुपर्ने अवस्थालाई घटाउनका लागि पनि सामुदायिक विद्यालयको गुणस्तर बृद्धि गर्नुपर्ने अनिवार्यता भएको बताए ।

शिक्षक सरुवा र विद्यालय मर्ज वैशाखभित्रै

गाउँपालिकाले शिक्षक सरुवा र विद्यालय मर्जको काम पनि बैशाख भित्रै सक्ने तयारी थालेको छ । बुद्धिराज राईको संयोजकत्वमा गठित सामाविक विकास समितिले विद्यालय र विद्यार्थी संख्याको अध्ययन गरि शिक्षक सरुवा र विद्यालय मर्जका लागि प्रतिवेदन बुझाइसकेकाले यही महिनामा काम सक्ने गाउँपालिकाले जनाएको छ।

विद्यार्थी संख्या न्यून रहेको विद्यालय मर्जमा पर्ने र विद्यालय मर्ज हुँदा अर्को विद्यालयमा धाउनुपर्ने विद्यार्थीलाई प्रोत्साहनस्वरुप दिवा खाजा, शैक्षिक सामाग्री लगायतको सुविधा दिने तयारी गरिएको प्रमुख प्रशासकीय अधिकृत राईले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका