गाउँले न्यूज, १५ बैशाख, नुवाकोट । तमु ह्युल छोँज धि गुरुङ राष्ट्रिय परिषद नुवाकोट जिल्लाको दोश्रो अधिबेशन सम्पन्न भएको छ ।
बिदुर नगरपालिकाको सप्तरङ्गी होटलेलमा सम्पन्न दोश्रो महाधिवेशनमा गुरुङ राष्ट्रिय परिषदका केन्द्रिय अध्यक्ष रेशम गुरुङको प्रमुख अतिथि, महासचिब सुर्य गुरुङ, केन्द्रिय कोषाध्यक्ष गोपाल गुरुङको बिशिष्ट आतिथ्यमा सम्पन्न भएको हो ।
दोश्रो महाधिवेशनबाट राजेन्द्र गुरुङ (राजु), को अध्यक्षतामा १५ सदस्य नुवाकोट जिल्ला कार्यसमिति गठन गरेको छ ।
नया कार्यसमितिको प्रथम उपाध्यक्षमा रबि गुरुङ, द्घीतीय उपाध्यक्ष सन्त कुमार गुरुङ, सचिब गंगा गुरुङ , सह–सचिब सुरेश गुरुङ, कोषाध्यक्षमा ज्ञानु गुरुङ र सह–कोषाध्यक्षमा कृष्ण बहादुर गुरुङ सदस्यमा नारायण गुरुङ, नरेन्द्र गुरुङ, पदम गुरुङ, गम्भिर बहादुर गुरुङ, ईश्वरी गुरुङ, बाबुराम गुरुङ, सरिता गुरुङ, देबहरि गुरुङ चयन भएका छन् ।
कार्यक्रममा तमु बिधार्थि संघका पदाधिकारि, नृत्य निर्देशक देबराज गुरुङ, लामा गुरु सुबर्ण गुरुङ, राष्ट्रिय परिषद प्रदेश न. ३ का बरिष्ठ उपाध्यक्ष तथा शिबपुरि गाउँपालिका वडा न. ४ का वडाध्यक्ष झमक राज गुरुङ, शिवपुरि गाउँपालिका वडा न. २ का वडाध्यक्ष रुद्र बहादुर गुरुङ, तमुस्यो (महिला) केन्द्रिय समितीका महासचिब अन्जना गुरुङको उपस्तिथि रहेको थियो ।
कार्यक्रममा नमस्ते डान्स एकेडेमि कपनका कलाकारहरु द्वारा विभिन्न सास्कृतिक कार्यक्रम प्रस्तुत् गरिएको थियो ।