बासामा जिप दुर्घटना ४ जना घाइते

बासामा जिप दुर्घटना ४ जना घाइते

गाउँले न्यूज, १० बैशाख, सोलुखुम्बु । माप्यदुधकोशी गाउँपालीका २ बासाको झ्यार्लुमा बोलेरो दुर्घटना हुदाँ ४ जना घाइते भएका छन् । माप्यदुधकोशि गाउँपालिकाको जुभिङबाट सल्लेरी आउँदै गरेको बा २१ च ८८६६ नम्बरको बोलेरो मगंलबार दिउसो १ बजेर ५० मिनेटमा दुर्घटना भएको हो ।

दुर्घटनामा परी माप्यदुधकोशी गाउँपालीका ४ की अंशुमाया राई, खुम्बु पासाङ ल्हामु गाउँपालिका १ की सन्चीमाया राई, ओखलढुङ्गाको खिजिदेम्बा गाउपालीकाका सुमन तामाङ र छत्रमान तामाङ घाईते भएको सोलुखुम्बु प्रहरीले जनाएको छ ।

घाइतेहरु स्थानिय स्वाथ्य चौकि खास्तपमा उपचार पछी हेलिकप्टर मार्फत थप उपचारका लागी काठमाण्डौ पठाइएको बासा चौकी इन्चार्ज ज्ञान बहादुर तमाङले बताए । जुभिङबाट ५ जना यात्रु लिएर सल्लेरी आउदै गरेको जिप बासामा पुगेपछि चालक अरु यात्राुलाई बोलाउन बाहिर निस्केको बेला यात्रुले गाडी चलाउदा दुर्घटना भएको चालकले बताए । दुर्घटनामा अगाडीको सिटको एक जना यात्रु भने हामफालेर सकुसल रहेको  चालकले बताए ।

https://gaulenews.com/?p=46265

https://gaulenews.com/?p=46259

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका