जनगणना २०७८ का लागि ५ अर्ब रुपैयाँ र ५० हजार कर्मचारी आवश्यकत्ता

जनगणना २०७८ का लागि ५ अर्ब रुपैयाँ र ५० हजार कर्मचारी आवश्यकत्ता

गाउँले न्यूज, २७ चैत, काठमाडौं । केन्द्रीय तथ्याङ्क विभागले राष्ट्रिय जनगणना २०७८ का लागि करिव ५ अर्ब रुपैयाँ आवश्यक पर्ने जनाएको छ ।

बुधबार संसदको अर्थ समितिमा विभागका महानिर्देशक सुमनराज अर्यालले जनगणनाका लागि चालु आर्थिक वर्षदेखि नै तयारी गर्नुपर्ने र २०७८ मा जनगणना सकिँदासम्म ४ अर्ब खर्च ८६ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको बताए ।

देश संघीय संरचनामा गएकाले प्रदेश, जिल्ला र स्थानीय तहमा जनगणना कार्यालय स्थापना गरी काम गर्ने योजना बनाइएको हो । केन्द्रदेखि स्थानीय तहसम्मको तथ्याङ्क संकलन गर्नुपर्ने भएकाले रकम अभाव नहोस भनेर सरकारसमक्ष प्रस्ताव लगिएको पनि जानाएको छ ।

५० हजार कर्मचारी चाहिने

महानिर्देशक अर्यालका अनुसार विभागले राष्ट्रिय जनगणना २०७८ का लागि ५० हजार कर्मचारी आवश्यक रहेको अनुमान गरेको छ । विभागले जनगणनाका लागि ६० वटा प्रश्न (प्रश्नावली) तयार पारिएको बताए ।

राष्ट्रिय जनगणना २०७८ को तयारीका सन्दर्भमा समितिले बुधबार विभागलाई बोलाएर छलफल गरेको हो । छलफलका क्रममा सांसदहरुले तथ्याङ्क संकलनका क्रममा हुने त्रुटी र विश्वसनीयतामाथि प्रश्न उठाएका थिए ।

जवाफमा महानिर्देशक अर्यालले कसरी सही तथ्याङ्क संकलन गर्नका सकिन्छ भन्नेमा खुला छलफल गर्न विभाग तयार रहेको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका