प्रचण्डका लागि अमेरिकाद्वारा ‘नो इन्भेष्टिगेशन’ सर्कुलर जारी

प्रचण्डका लागि अमेरिकाद्वारा ‘नो इन्भेष्टिगेशन’ सर्कुलर जारी

गाउँले न्यूज, ५ चैत्र, काठमाडौं । संयुक्त राज्य अमेरिकाले पूर्वप्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का लागि ‘नो इन्भेष्टिगेशन’ सर्कुलर जारी गरेको छ । अध्यक्ष दाहाल अमेरिका भ्रमणमा निस्किएलगत्तै सो देशले नो इन्भेष्टिगेशन सर्कुलर जारी गरेको हो ।

अध्यक्ष दाहालका लागि जारी गरिएको उक्त सर्कुलर अमेरिकाले विशेष रुपमा मात्र जारी गर्ने गरेको छ । यसअघि अमेरिकाले भारतीय उच्च नेतृत्वहरुका लागि पनि यो सर्कुलर जारी गरेको थियो ।

‘नो इन्भेष्टिगेशन’ सर्कुलर जारी गरेपछि सरकारको कुनै पनि निकायले कार्वाही प्रक्रिया अगाडि बढाउन नमिल्ने काठमाडौंस्थित अमेरिकी राजदूतावास निकट श्रोतले जनाएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, प्रभावशाली नेतृ सोनिया गान्धी लगायतको भ्रमणका क्रममा पनि अमेरिकाले नो इन्भेष्टिगेशन सर्कुलर जारी गरेको थियो । अमेरिकाले जारी गर्ने यो सर्कुलरले कुनै पनि उच्च नेताहरुका लागि उत्पन्न हुनसक्ने कानूनी झमेला हटाउनका लागि बाटो खोल्ने गर्दछ ।

अध्यक्ष प्रचण्ड अमेरिका भ्रमणमा निस्किनुअघि नेपालका लागि अमेरिकी राजदूत रेन्डीबेरीले उनको निवासमै पुगेर भेटवार्ता गरेका थिए । सो भेटवार्ताका क्रममा प्रचण्डको अमेरिका भ्रमण र त्यहाँ हुने सम्मानका विषयमा छलफल भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका