सोलुखुम्बुमा ‘प्रहरीसंग एक दिन’ कार्यक्रम सन्चालन

सोलुखुम्बुमा ‘प्रहरीसंग एक दिन’ कार्यक्रम सन्चालन

गाउँले न्यूज, २३ फाल्गुन, सोलुखुम्बु । सोलुखुम्बुमा प्रहरी साझेदारी अभियान अन्तरगत ‘प्रहरीसंग एक दिन’ विद्यार्थी लक्षित कार्यक्रम शुरु गरेको छ ।

प्रहरी नायव उपरिक्षक शालिग्राम शर्मा पौडेलले कार्यक्रमको शुरुवात गर्दै प्रहरीसंग विद्यार्थीलाई एक राख्ने कार्यक्रमले अपराध नियन्त्रणमा भूमिका खेल्ने बताए । उनले आजका विद्यार्थी भोली राज्य संचालनका विभिन्न तहमा बसेर काम गर्ने भएकाले शान्तिपुर्ण समाज निर्माणमा ‘प्रहरीसंग एक दिन’ कार्यक्रमले महत्वपुर्ण भूमिका खेल्ने बताए ।

महिनामा कम्तीमा दुई विद्यालयका विद्यार्थीसंग प्रहरी कार्यक्रम संचालन गर्ने तयारी रहेको प्रहरी कार्यालयले जनाएको छ । बुधबार सल्लेरी स्थित हृवाईट हिल्स बोर्डिङ स्कुलका माध्यमिक तहमा अध्ययनरत विद्यार्थीसंग प्रहरीले एक दिन विताएको छ । विद्यार्थीहरुलाई अपराध पहिचान, रोकथाप र व्यक्तिगत जिम्मेवारी, लैङिगक हिंसा र बालदुव्र्यवहारका बारेमा श्रव्य दृष्य सामाग्री मार्फत ज्ञान हस्तान्तरण गरिएको छ ।

अपराध नियन्त्रणका लागि साईवर क्राईम, मानव बेचविखन, आधारभूत कानुन र मानव अधिकारका साथै आधारभूत सुरक्षाका उपायबारे पनि जानकारी गराईएको छ । अपराधिक घटना नियन्त्रण र दोषीलाई कानुनी दायरामा ल्याउन प्रहरीले कसरी सहयोग गर्न सकिन्छ भन्ने विषयमा पनि ‘प्रहरीसंग एक दिन’ कार्यक्रम अन्तरगत सिकाईएको छ ।

विद्यार्थीलाई मुद्धा दर्ताका लागि आवश्यक प्रक्रिया र अनुसन्धानका चरण, जिल्ला प्रहरी कार्यालयका विभिन्न फाँटको अवलोकनका साथै जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी नरेन्द्र राना मगरसंगको भेट र काम, कर्तव्य र अधिकारको बारेमा समेत जानकारी दिएको प्रहरी प्रमुख शर्मा पौडेलले जानकारी दिए ।

sourse:himalfm

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका