गाउँले न्यूज, २० माघ, सोलुखुम्बु । माप्य दुधकोशी गाउपालिकाको शिक्षा समितिको बैठक सम्पन्न भएको छ । आज गाउँपालिकाको कार्यालयमा भएको बैठकमा माप्य दुधकोशी गाउँपालिका भित्र शिक्षाको गुणस्तर बढाउन र शिक्षामा एकरुपता ल्याउन मुख्य उद्वेश्य रहेको गाउँपालिका उपाध्य्क्ष जुनिता मगरले गाउँले न्यूजलाई बताए ।
माप्य दुधकोशी गाउँपालिका अध्यक्ष बुद्दिकिरण राईको अध्यक्षमा सन्चालन भएको बैठकमा कक्षा ५ र ८ को गाउँपालिका स्तरीय परिक्षा सन्चालन गर्ने र उक्त परिक्षामा उत्कृस्ट तीन विध्यार्थिलाई क्रमस नगद रु. १००००, ८००० र ६००० सहित पुरस्क्रित गर्ने साथै सो परिक्षामा उत्कृस्ट तीन विद्यालयलाई पनि क्रमस नगद रु ५००००, ४०००० र ३०००० प्रदान गर्ने निर्णय पारीत गरेको छ ।
माप्य दुधकोशी गाउँपालिका भरिका कक्षा १-५ सम्मका २१ वटा र कक्षा १-८ सम्मका १३ वटा विद्यालयका लगभग ५०० भन्दा माथि विधायर्थिले उक्त परिक्षामा सहभागिता जनाउने पनि मगरले बताए ।
बैठकमा प्राबिधिक र ब्याबसयिक शिक्षा सन्चालन गर्नको लागि दिर्घकालिन योजना निर्माण गर्ने पनि जनाएको छ ।