गाउँले न्यूज, ९ माघ, सोलुखुम्बु । थुलुङ दुधकोशी गाउँपालिका मुक्लिमा जारी प्रथम अध्यक्ष रनिङ शिल्ड तथा बृहत खेलकुद महोत्सब एबम साँस्कृतिक कार्यक्रममा सम्पन्न भएको छ ।
माघ ५ बाट सुरु भएको खेलकुद महोत्सब हिजो मंगलबार समापन भएको छ । मंगलबार भएको पुरुष तर्फको भलिबल फाईनल खेलमा थुलुङ दुधकोशी गाउँपालिका ७ लाई पराजित गर्दै सोलुदुधकुण्ड ८ ले उपाधि जितेका छन । तेस्रो र सान्तोन क्रमस सोताङ गाउँपालिका ३ र सोलुदुधकुण्ड नगरपालिका ९ गोराखानी भएको छ ।
महिला भलिबलतर्फ माप्य दुधकोशी गाउँपालिका ७ प्रथम सोलुदुधकुन्ड नगरपालिका १ द्धितीय र सोताङ गाउँपालिका १ तृतीय भएका छन् । पुरुष तथा महिला भलिबल तर्फ विजयी टिमलाई ७५ हजार, ५० हजार र २५ हजारको साथमा शिल्ड, मेडल र प्रमाणपत्र वितरण गरिएको छ ।
२१ किलोमिटरको पुरुष मिनि म्याराथुन दौड तर्फ ५० मिनेट १८ सेकेन्डमा निर्धारित दुरी पार गर्दै महाकुलुङ गाउँपालिका–५ का सुमन कुलुङ प्रथम, निर्धारित दुरी ५२ मिनेट १९ सेकेन्डमा पार गर्दै माप्य दुधकोशी गाउँपालिका ४ का लक्ष्मण खालिङ राई द्धितीय र ५३ मिनेट ७ सेकेन्डमा दुरी पार गर्दै थुलुङ दुधकोशी गाउँपालिका–७ का रोहण राई तृतीय भएका छन् । महिला तर्फ १ घण्टा ८ मिनेट ३२ सेकेन्डमा पार गर्दै माप्य दुधकोशी गाउँपालिका–१ का पुर्णिमाया राई प्रथम, थुलुङ दुधकोशी गाउँपालिका–६ का सुशन कार्की १ घण्टा १० मिनेट २७ सेकेन्डमा दुरी पार गर्दै द्धितीय र १ घण्टा १५ मिनेट २७ सेकेन्डमा निर्धारित दुरी पार गर्दै माप्य दुधकोशी गाउँपालिका–४ का निशा राईले तृतीय स्थान हासिल गरेका छन ।
ब्याटमिन्टन प्रतियोगीताको पुरुष सिङगल तर्फ विपिन खालिङ प्रथम, अर्जुन श्रेष्ठ द्धितीय र मधुरजी ढकाल तथा आशिष खनाल तृतीय भएका छन् । महिला सिङगलतर्फ विशुमाया राई प्रथम, सुर्य कुमारी सुनुवार द्धितीय र पुजा मगर तथा पासाङ डोमा शेर्पा तृतीय भएका छन् । पुरुष डबलमा बिपीन खालिङ र अर्जुन श्रेष्ठ प्रथम, मधुरजी ढकाल र विनोद राउत द्धितीय र आशिस खनाल र रघुनाथ खनाल तथा हेम राज राई र गंगा बहादुर राई तृतीय भएका छन । महिला डबलमा सुर्यकुमारी सुनुवार र विशुमाया राई प्रथम, पासाङ डोमा शेर्पा र विनीता राई द्धितीय, सम्झना श्रेष्ठ र सरगम राई तथा अन्जना श्रेष्ठ र कुुसुम राई तृतीय भएका छन् ।
लङजम्प प्रतियोगितामा महिला तर्फ सम्झना श्रेष्ठ, सुस्मीता राई र सन्ध्या राईले शिर्ष स्थान हासिल गरेका छन् भने पुरुष तर्फ राजेश गुरुङ, राम राई र विशाल राईले शिर्ष स्थान ओगटेका छन् । हाइजम्प प्रतियोगितामा महिला तर्फ सुस्मिता राई, सम्झना श्रेष्ठ र अन्जना श्रेष्ठ प्रथम, द्धितीय र तृतीय भएका छन् भने पुरुष तर्फ सुमन लामा, प्रदिप वस्नेत र विजय तामाङले शिर्ष स्थान ओगट्न सफल भएका छन् । त्रिपलजम्पको महिला तर्फ सम्झना श्रेष्ठ प्रथम, अन्जना श्रेष्ठ द्धितीय र सन्ध्या राई तृतीय भएका छन् । पुरुष त्रिपलजम्प तर्फ राजेश गुरुङ प्रथम, सुमन लामा द्धितिय र मणिकर्ण श्रेष्ठ तृतीय भएका छन् ।
सटफुट प्रतियोगितामा पुरुष तर्फ दिपक किराँती, डम्बर बहादुर तामाङ र बाल कुमार राईले क्रमस प्रथम, द्वीतिय र त्रितिय स्थान ओगटेका छन भने महिला तर्फ सुस्मिता राई प्रथम, विनिता श्रेष्ठ द्धितीय र मेलिना राई तृतीय भएका छन ।
ट्र्याग गायन प्रतियोगिता तर्फ सुसान्त राई, शंकर खालिङ प्रथम, द्वीतिय र तृतीय भएका छन भने एकल नृत्य प्रतियोगिता तर्फ सुमना राई, दिया राई, एन्जिला राई क्रमस प्रथम द्वीतिय र तृतीय भएका छन । तेस्तै युगल नृत्य प्रतियोगिता तर्फ सोलु दुधकुन्ड नरपालिका, थुलुङ दुधकोशी गाउँपालिक २ र थुलुङ दुधकोशी गाउँपालिक ७ क्रमस प्रथम द्वीतिया र तृतीय भएका छन ।
सम्पूर्ण विजेता खेलाडिहरुलाई गाउँपालिका अध्यक्ष असिम राईले रनिङ शिल्ड र पुरस्कार वितरण गरेका छन । माघ ५ देखि ७ गतेसम्म खेलकुद महोत्सबको अवधि निर्धारण गरिएको थियो सहभागी संख्या धेरै भएकोले खेल एक दिन लम्बिएको खेलकुद सम्योज राम संघर्ष किरातिले बताए ।