क्यान बियरको खोलबाट देविदेवताका मुर्ति

क्यान बियरको खोलबाट देविदेवताका मुर्ति

गाउँले न्यूज, ३ माघ, काठमाण्डौ । क्यान बियर र क्यान इनर्जी ड्रिङ्कका खोल कहाँ र कसरी व्यवस्थापन गर्ने भन्ने चिन्ता छ भने यसका विकल्पहरू छन् । घर र बजारमा फोहरका रूपमा यत्रतत्र रहेका पुनरुत्पादन गर्न योग्य वस्तुलाई सकेसम्म स्थानीयस्तरमै व्यवस्थापन गर्न सके एउटा समस्या कम हुन्छ । माप्यदुधकोशी गा.पा. १, जुभिङका सूर्य विश्वकर्माले बियर र इनर्जी ड्रिङ्क्का खोलबाट देवीदेवताका मुर्ति र भाडाकुडा बनाएर आम्दानी गरिरहेका छन् । कच्चापदार्थका रूपमा काम लाग्ने यी अल्युमिनियमलाई सदुपयोग गर्न सके यसरी फोहरका रूपमा फालिने वस्तु पनि काम लाग्ने उनी बताउँछन् ।

गाउँघरमा इनर्जी ड्रिङ्क्,जुस र बियरको खपतसंगै यस्ता कच्चापदार्थको उपलब्धता बढेकोले यसलाई व्यवस्थापन गर्न सूर्य बिश्वकर्मा अघि सरे । यी अल्युमिनियमका खोलहरूलाई पगालेर उनी देवीदेवताका आकारका सजावटका सामान बनाउछ्न् । यसका साथै डाडु, पन्यु, कराइ जस्ता दैनिक रूपमा प्रयोग हुने भान्साका सामग्री बनाउन उनी व्यस्त छन् । कर्म गरे फल त कसो नआउला ! कर्मशील र सिर्जनशील हुन सके काम खोज्न अन्त जानु पर्दैन, आफ्नै सेरोफेरोमा भेटिन्छन् ।

यसबाट पैसाको अभाव नहुने विश्वकर्माको भनाइ छ । ग्राहकले कच्चापदार्थ लिएर आयो भने ज्याला दुई सय लिएर सामान बनाइदिन्छन् । बनाइसकेको सामामहरू पाँच सय देखि नौ सय रुपैयाँसम्म पर्छ । रिसाइकल गर्न योग्य पदार्थलाई यसरी पनि स्थानीय स्तरमै उपयोग गर्न सकिने उदाहरण हो यो । जताततै फोहरका रूपमा फालिएका यस्ता कच्चापदार्थलाई व्यवस्थापन गर्ने सिर्जनात्मकतालाई सलाम !

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका