सुम्निमा खालिङ राई संस्कृति समूहको कार्यक्रम तयारी अन्तिम चरनमा

सुम्निमा खालिङ राई संस्कृति समूहको कार्यक्रम तयारी अन्तिम चरनमा

गाउँले न्यूज, ३ माघ, काठमाडौं । “स्वास्थ्य, शिक्षा, अनुशासनको निम्ति खेल, समृद्ध समाजको निम्ति हाम्रो मेल” “बालबालिका अनमोल रत्न हुन्, यिनीहरुलाई हामीले आजैबाट निखारौं” भन्ने मुल नाराका साथ सुम्निमा खालिङ राई संस्कृति समूह, माप्य दुधकोशी गाउँपालिका-३ खास्तापको आयोजनामा हुन लागेको “जिल्लाव्यापी अन्तरवडा महिला तथा पुरुष भलिबल प्रतियोगिता” गाउँपालिका भरिका विद्यालयस्तरीय विभिन्न प्रतियोगितात्मक कार्यक्रम २०७५ को तयारी अन्तिम चरानमा पुगेको छ ।

हिमालय मावी माप्य दुधकोशी-३, खास्ताबको प्राङ्गानमा माघ ११ देखी १४ गतेसम्म सञ्चालन हुने कार्यक्रमको लागि आर्थिक संकलन तथा अन्य व्यवस्थापकीय लगायत सम्पूर्ण काम तिब्र गतिले अघी बढीरहेको काठमाडौं उपसमितिले जनाएको छ ।

माप्य दुधकोशी गाउँपालिकाका अध्यक्ष बुद्धि किरण राईको प्रमुख अतिथि र स्थानीय तहका जनप्रतिनिधिहरु, शैक्षिक संघसंस्था, सामाजिक संघसंस्था, शिक्षाप्रेमी, समाजसेवीहरुको सहभागिता रहने आयोजकले जनाएको छ । कार्यक्रम सफल बनाउनका लागि सबैलाई उपस्तिथिको लागि आयोजकले अनुरोध गरेको छ ।

कार्यक्रममा माप्य दुधकोशी गाउँपलिका-३ खास्तबमा जन्म भाई हाल विभिन्न ठाउँ/देशमा रही आफ्नो ब्यवसाय गरिरहेने सबैको उपस्थिथी रहने उपसमिति सदस्य योगेश ले गाउँले न्यूजलाई जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका