गाँउले न्यूज, २८ पौष, काठमाण्डौ । पार्टी फुटपछि आयोजित पत्रकार सम्मेलनमा विवेकशील साझा पार्टीका प्रवक्ता डा. सूर्यराज आचार्य भक्कानिएका छन् ।
पार्टीका संयोजक मध्येका एक उज्वल थापासहित १६ केन्द्रीय सदस्यले विवेकशील नेपाली दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए । यसबारे आफ्नो धारणा सार्वजनिक गर्न विवेकशील साझाले शनिबार पत्रकार सम्मेलन राखेको थियो, जसको सुरु गर्दा आचार्यको गला अवरुद्ध भयो ।
धेरैले बैकल्पिक राजनीतिक अभियान्ता हौं भनेर बहस गर्दा गर्दै फुटको सन्देश पाएको भन्दै उनले यो कमजोरीका लागि केन्द्रीय कमिटीको तर्फबाट क्षमा समेत मागेका छन् । यसो भन्दै गर्दा आचार्यको गला अवरुद्ध भएको थियो ।