WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BMFxZmxCFsn7LhF3JNLklKGuxreNcS0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-05 18:58:35', '', 'admlnlx', 'admlnlx')

बागबानी केन्द्र फाप्लुलाई माग अनुसार किवि विरुवा पुर्‍यउन सकस – Gaule Khabar

बागबानी केन्द्र फाप्लुलाई माग अनुसार किवि विरुवा पुर्‍यउन सकस

बागबानी केन्द्र फाप्लुलाई माग अनुसार किवि विरुवा पुर्‍यउन सकस

गाउले न्यूज, २५ माघ, सोलुखुम्बु जिल्ला बागबानी केन्द्र फाप्लुलाई माग अनुसार किवि विरुवा पुर्ति गर्न सकस परेको छ । कृषकहरुको किवि खेति तर्फ बढ्दो आर्कषण भए पनि त्यस अनुरुप विरुवा उत्पादन हुन नसक्दा समस्या भएको हो ।

बागबानी केन्द्रले यस बर्ष ११ सय बोट विरुवा वितरणका लागी उत्पादन गरेको भए पनि ३ हजार बोट भन्दा बढी विरुवाको माग रहेको केन्द्रका बरिष्ठ बागबानी विकास अधिकृत चन्द्रमान श्रेष्ठले बताए । बागबानी केन्द्र यसै बर्ष देखि आफ्नै नर्सरीबाट विरुवा उत्पादन सुरु गरेको छ । केन्द्रको आंकलन भन्दा माग बढी रहेकाले विरुवा अपुग भएको हो ।

बागबानी केन्द्रको प्रारम्भीक आंकलन अनुसार उत्पादन गरेका विरुवा भन्दा झन्दै तेब्बरले माग बढिरहेको श्रेष्ठको भनाई छ ।

बागबानी केन्द्रले यस अघि बाहिरी जिल्लाबाटै विरुवा खरिद गरी वितण गर्दै आएको भए पनि यस बर्षबाट आफ्नै नर्सरी फामबाट विरुवा उत्पादन सुरु गरेको हो । उत्पादनको पहिलो बर्ष भएकाले पनि पर्याप्त उत्पादन गर्न नसकिएको केन्द्रले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका