रविलामिछानेले गरे पत्नीसंग डिभोर्स्

रविलामिछानेले गरे पत्नीसंग डिभोर्स्

काठमाडौं, २० पुस । सञ्चारकर्मी रवि लामिछानेले पत्नी ईशासँगको वैवाहिक सम्वन्ध टुंग्याएका छन् । ईशासँगकाे २५ वर्ष लामो जीवनयात्रालाई रविले केही दिनअघि मात्रै डिभोर्स गरी पूर्णविराम दिएका हुन् ।

उनीहरूका दुई छोरी छन् भने दुबै छोरीको जिम्मेवारी आफूले लिएको रविको भनाइ छ ।

रविसँग डिभोर्सपछि ईशा एक हप्ता अगाडि अमेरिका फर्किसकेकी छन् । अमेरिकामा बस्ने श्रीमतीसँग लामो समयदेखि आफ्नो सम्बन्ध बिग्रेको भन्दै रविले यहीबीचमा एक विदेशी महिलासँग सम्वन्धमा रहेर एक सन्तानसमेत जन्माएको स्वीकार गरेका छन् ।

‘तर उनको र मेरो बाटो अलग भएको धेरै वर्ष भइसक्यो, हाम्रो सम्बन्ध लामो समय टिकेन । सबैको भाग्यमा माया र परिवार सुख लेखिएको हुँदैन रहेछ,’ रविले आफ्नो असफल वैवाहिक सम्वन्धका बारेमा आफैंले फेसबुकमा वयान गर्दै लेखेका छन्, ‘दुनियाँको घर मिलाउने मैले आफ्नो घर मिलाउने प्रयासमा के के मात्रै गरिनँ होला । तर उनले हेर्दा मैले र मैले हेर्दा उनले बारम्बार आफ्नो त्यही गल्तीलाई निरन्तरता दियौं, जुन गल्तीले सारा घटनाहरु घटे ।’

रविले ईशासँग डिभोर्स गर्दा आफ्नो सबै सम्पत्ति सुम्पेको दाबी गरेका छन् ।

‘मैले आफ्नी पूर्वपत्नीसहित आफ्ना सन्तानलाई अमेरिकाजस्तो देशमा आफू नेपाल बसेर सम्पूर्ण आफ्नो जायजेथा सुम्पेर, अझै अमेरिका बस्दाको पुरै व्यवस्थापन यतिबेलासम्म पनि गर्दै आएको छु । अदालतमा न्यायाधीशका सामुन्ने राजीखुशीले मसँग भएको र सायद भविष्यमा समेत हुन सक्ने सबै लिएर आफ्ना वकिल र उनका आफ्ना परिवारका सदस्यको रोहबरमा सम्वन्धविच्छेद गरेर अमेरिका गएकी उनलाई के अन्याय भो मैले बुझिनँ ।’ रविले लेखेका छन् ।

अब वर्षौंको एक्लो जीवन र असफल सम्वन्धहरुबाट पाठ सिक्दै अघि बढ्न चाहेको उनले उल्लेख गरेका छन् ।

चलचित्र विकास बोर्डमा कार्यरत एक डिभोर्सी महिलासँग लागेर रविले आफूलाई जबरजस्ती डिभोर्स दिएको ईशाको आरोप छ ।

साभार: अनलाइन खबर

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका