१९ पुस ।
नाम्चेबजारमा हिमपातका कारण तापक्रम माइनस आठ डिग्री सेन्टिग्रेटमासम्म झरेको छ ।
खुम्बुक्षेत्रको प्रदेशद्वार नाम्चे बजारमा बिहिबार बिहानैदेखि भएको हिमपातपछि त्यस क्षेत्रको तापक्रम घटेको हो। अझैसम्म हिमपात हुने क्रम नरोकिएको स्थानीयले जानकारी दिएका छन् ।
हिउ परेपछि खुम्बुक्षेत्रको जनजीवन कष्टकर बनेको छ । सगरमाथा आधार शिविर र त्यस क्षेत्रमा पदयात्रामा गएका पर्यटकसमेत बाटामै अलपत्र परेका छन् । जल तथा मौसम विज्ञान विभागले गरेको तीन दिनसम्म हिमपात हुने पूर्वानुमान गरेको छ। मौसममा सुधार नआएसम्म तापक्रम नबढ्ने जनाइएको छ ।