WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BXDiLf15f032H.DwSiyDxLQ.pMPQLC0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-30 23:17:13', '', 'admlnlx', 'admlnlx')
धरान, ४ पुस । गोरु काटेको आरोपमा पक्राउ परेकालाई सुनसरी जिल्ला अदालतको आदेशमा धरौटी राखेर तारेखमा रिहा भएपछि भव्य स्वागत तथा सम्मान गरिएको छ ।
सांस्कृतिक अधिकार संरक्षण समितिले धरान ११ स्थित मंगलबारे चोकमा बुधाबार एक कार्यक्रम गरी धरौटी बुझाएर रिहा भएका १० जनालाई सम्मान गरेको थियो । मंसिर २८ गते पक्राउ परेकाहरुलाई मंगलबार जिल्ला अदालतले जनही ५० हजार धरौटी राखेर तारेखमा रिहा गर्न आदेश दिएको थियो ।
सम्मान कार्यक्रममा आदिवासी जनजाति सम्बद्ध विभिन्न संस्था तथा राजनीतिक दलका नेताहरुको पनि उपस्थिति रहेको थियो । उनीहरुलाई फूलमाला र अविर लगाएर सम्मान गरिएको थियो । कार्यक्रममा बक्ताहरुले मौलिक संस्कृतिमाथि प्रहार गर्न नहुने बताएका थिए । संविधान र ऐनमा बाँझिएका कानुन सच्चाउन समेत माग गरिएको थियो ।
ईमकालु अनलाईन