सोलुखुम्बु-१, पौष । सोलुखुम्बु पत्रकारीता पुरस्कारबाट जिल्लामा क्रियाशिल दुई जना रेडियो कर्मी सम्मानीत भएका छन् । नेपाल पत्रकार महासंघ सोलुखुम्बुले यो वर्ष देखि सुरु गरेको सोलुखुम्बु पत्रकारीता पुरस्कारबाट सोलु एफ.एमका कार्यकारी निर्देशक नुतन श्रेष्ठ तथा हिमाल एफ एमकी बजार प्रमुख विना राई सम्मानीत भएका हुन् ।
सल्लेरीमा सम्पन्न महासंघको तेस्रो साधारण सभाको अवसरमा सञ्चारकर्मी द्धोयलाई पत्रकारीको माध्यमबाट जिल्लामा बिकासमा महत्वपुर्ण योगदान दिएको भन्दै सम्मान गरेको हो । जिल्लाको पहिलो सोलुखुम्बु पत्रकारीता पुरस्कारमा नगद पाच हजार पाँच सय पचपन्न, ट्रफि सहित सम्मान पत्र रहेको छ ।
यस्तै साधारण सभाकै अबसरमा दुईजना पुर्वपत्रकार एवम् जनप्रतिनिध उत्रमान राई र दाडोमा शेर्पालाई पनि सम्मान गरिएको छ । राई सोलुदुधकुण्ड नगरपालिका १ टाक्सिन्दुको वडा सदस्य र शेर्पा सोलुदुधकुण्ड नगरपालिका ६ मा वडा सदस्यमा निवार्चित भई हाल जिल्ला समन्वय समितिको सदस्य रहेका छन । कार्यक्रममा पुर्वपत्रकार एवम् गैरसरकारी संस्था महासंघ सोलुखुम्बुका वर्तमान अध्यक्ष दिपक राजभण्डारीलाई पनि सम्मान गरिएको छ ।
जिम्मेजारी बढेको महशुस :
सम्मान ग्रहण गरेपछि मनतव्य राख्दै सोलुएफएमका कार्यकारी निर्देशक नुतन श्रेष्ठले सम्मान पश्चात जिम्मेवारी थपिएको बताए । पत्रकारीताको माध्यमबाट बिकास निर्माण सहित समाज रुपान्तरणमा सबै एक जुट भएर लाग्न आग्रह गरे । श्रेष्ठले आफुले पाएको पुरस्कार वापतको नगदमा थप १ हजार सहित ६ हजार ५ सय ५५ रुपैया महासंघलाई सहयोग गरेका छन ।
आफ्नो अनुभुती मनतव्य राख्दै हिमाल एफ एमकी बजार प्रमुख बिना राईले १० बर्षे पत्रकारीताको मुल्याङ्कन प्रति आभार प्रकट गरे । राई २०६४ साल देखी पत्रकारीता क्षेत्रमा कार्यरत हुनुहुन्छ भने श्रेष्ठ २०६१ साल देखी पत्रकारीता सूरु गरेर सोलु एफ एममा स्टेशन मेनेजर हुदै कार्याकारी निर्देशक पदमा कार्यरत छन ।
आगामी बर्षको पुरस्कार राशी पुर्व पत्रकार राईले प्रायोजन गर्ने प्रतिबद्धता।
यस्तै, महासंघले सहयोग गर्ने व्यक्ति तथा संस्थालाई पनि सम्मान गरेको छ । सोलुदुधकुण्ड नगरपालिका १ टाक्सिन्दुका वडा सदस्य उत्रमान राईले अर्को बर्षको पत्रकारिता पुरस्कार रकम आफूले प्रायोजन गर्ने प्रतिबद्धता व्यक्त गरे ।
आफ्नो अर्काको नभनिकन कलम चलाउनुहोस् ।
कार्यक्रमकी प्रमुख अतिथि सोलुदुधकुण्ड नगरपालिकाकी उपप्रमुख कल्पना राइले जिल्लाको बिकास निर्माणमा सुशासन कायम राख्नको लागि पत्रकारको महत्वपुर्ण भुमिका रहने बताए । उहाँले सुशासन, जवाफदेहीता र पारदर्शितालाई केन्द्रमा राखेर अगाडी बढ्न आग्रह समेत गरे ।
“म जनप्रतिनिधि हुँ मैलेनै गलत गरेको छु भनेपनि मलाई प्रश्न गर्नसक्नु पत्रकारीताको धर्म हो ।” उपप्रमुख राईले भन्नुभयो, “गलतलाई गलत भन्दा सहजै स्वीकार्दै हामी पनि सच्चीन सक्नुपर्छ ।”
यस्तै कार्यक्रममा बिशिष्ट अतिथि सहायक प्रमुख जिल्ला अधिकारी टुक्त्ती शेर्पाले पत्रकारले राजनैतिक प्रभावमा नपरिकन निश्पक्ष समाचार सम्प्रेशन गर्न पछि नहट्न आग्रह गरे । राज्यको चौथो अंग भएकाले सबै पक्षलाई खबरदारी गर्दै सचेत गराउने एक मात्र माध्यम पत्रकारीतानै भएकाले सत्यतथ्य समाचार संकलन तथा प्रशारणलाई केन्द्रमा राखेर काम गर्न जोड दिए ।
“जसको लागि तपाईलाई प्रशासनको तर्फबाट पुर्ण सहयोग हुन्छ ।” सहायक प्रमुख जिल्ला अधिकारी शेर्पाले भने “जिल्लामा शान्ति, सुरक्षा, तथा सुशासन कायम गर्नु हाम्रो दायित्व हो ।”
कार्यक्रमको सभापति नेपाल पत्रकार महासंघ जिल्ला अध्यक्ष मनोज कुमार श्रेष्ठले नयाँ संरचना अनुसार नयाँ निति नियममा टेकेर काम गर्न सबै पत्रकारहरुलाइ निर्देशन दिए । सोलुखुम्बुका पत्रकारहरुलाई थप व्यवसायीक बनाउने उदेश्य सहित सोलुखुम्बु पत्रकारीता पुरस्कारको सुरुवात गरेको भन्दै पत्रकारीता क्षेत्रमा विश्वास जित्ने गरि काम गर्न सबैलाई आग्रह गरे ।