अर्जुन खालिङ स्मृतिग्रन्थ लोकार्पण

अर्जुन खालिङ स्मृतिग्रन्थ लोकार्पण

अर्जुन राई, २९ मंसिर । अर्जुन खालिङ फाउन्डेसनद्वारा प्रकाशित अर्जुन खालिङ स्मृतिग्रन्थ शनिबार लोकार्पण गरिएको छ ।

कवि तथा चित्रकार अर्जुन खालिङको स्तृतिमा लेखिएका लेख तथा सिर्जनाहरूको संग्रह ‘अर्जुन स्मृतिग्रन्थ’ एक कार्यक्रम गरी लोकार्पण गरिएको हो । कमलादीस्थित प्रज्ञा भवनमा खालिङको दोस्रो वार्षिकीको अवसर पारेर फाउन्डेसन र स्मृतिग्रन्थ प्रकाशन समितिले कार्यक्रमको आयोजना गरेको थियो ।

२०७३ साल, मंसिर १९ गतेका दिन चित्रकार तथा कवि अर्जुन खालिङको निधन भएको थियोे । एउटा नक्षेत्रका रूपमा रहेका अर्जुन खालिङको मृत्युले, खालिङ समुदाय, किरात र समग्र नेपाली आकाशमा अँध्यारो छाएको कार्यक्रममा वक्ताहरूले बताए ।

अर्जुन खालिङ फाउन्डेसनका अध्यक्ष मानबीरले स्मृतिग्रन्थ फाउन्डेसनको पहिलो क्रियाकलापको रूपमा रहेको बताएका छन् । उनले स्मृतिग्रन्थ प्रकाशनका लागि सहयोग गर्ने सबैलाई धन्यवाद दिएका थिए । अर्जुन खालिङ फाउन्डेसन भविष्यमा कला र साहित्यलाई उजागर गर्ने चौतारीका रूपमा स्थापना गर्ने धारणा अध्यक्ष खालिङले व्यक्त गरे ।

फोटो : जङग खालिङ

कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल प्रज्ञाप्र्तिष्ठानका कुलपति बैरागी काइला लगायतका अतिथिले पुस्तक अनावरण गरेका थिए । कुलपति बैरागी काइलाले किरातीका चिनारी दिने बस्तुहरूलाई कला र साहित्यमार्फत प्रस्तुत गरेको बताएका छन् । निर्बलहरूको मौलिकता र रैथानेपनलाई अर्जुन खालिङले चित्र र कवितामा व्यक्त गरेको कुलपति काइलाको आशय रहेको थियो ।

फाउन्डेसनको भावी योजनाको प्रशंसा गर्दै स्मृतिग्रन्थमा प्रकाशित तस्बिर तथा चित्रहरूलाई बिस्तृत व्याख्यासहित छुट्टै प्रकाशन गर्न फाउन्डेसनलाई उनले सुझाव दिएका थिए । “यसो गरियो भने साधारण पाठकले पनि बुझ्न सक्छन् ।”, उनले भने ।

अर्जुन खालिङ स्मृतिग्रन्थका प्रधानसम्पादक डा. तारामणि राईले अर्जुन खालिङ अनुकरणीय व्यक्ति रहेको बताए । ग्रन्थ प्रकाशनमा सहयोग पुर्याउने व्यक्तिलाई धन्यवाद दिदै प्रकाशनको पृष्ठभुमि प्रस्तुत गरेका थिए ।

तारामणि रार्इ, प्रधानसम्पादक । फोटो : जङग खालिङ

कवि तथा गीतकार भुपाल राईको बुझाइमा अर्जुन खालिङ, पहिला राजनीतिक व्यक्तित्व, अनि, कलाकार र त्यसपछि कवि हुन् । अर्जुन खालिङको सन्दर्भमा ‘आत्महत्या’ आत्महत्या नभएर समाजले गरेको हत्या भएको राईको भनाइ थियो ।

अर्जुन खालिङ माप्य दुधकोशी गाउँपालिका १, जुभिङ (तत्कालीन जुभिङ गाबिस ६) मा विस २०३२ साल भदौ २५ गते जन्मिएका अर्जुन खालिङ बुवा हेमप्रसाद राई र आमा पुतृमाया राईका जेठा पुत्र हुन् ।

वि स २०५८ सालमा चित्रकलामार्फत महेन्द्र विद्याभूषण ’ग’ (स्वर्णपदक) प्राप्त गर्न उनी सफल भए । चिन्डो बुक्स’ पब्लिकेशनका संस्थापक अध्यक्ष खालिङका सुर्य डढिरहेछ निरन्तर’ र गोयङको सुगन्ध’ दुई वटा काव्यिक कृति प्रकाशनमा आएका छन् । दोस्रो कृति गोयाङ्को सुगन्ध’ ले पहिचान पुरस्कार पाउन सफल भएको थियो ।

स्मृतिग्रन्थमा एक सय ६४ जना सर्जकहरूको सिर्जना समाबेश छन् । जसलाई नौ खण्डमा विभाजन गरिएको छ । यो पुस्तक जम्मा ६ सय २२ पृष्ठको रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका