WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BueG7lRVnVPI9md7xCOrfM.7kSA0.w/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-04 16:06:05', '', 'admlnlx', 'admlnlx')

गौतम बुद्ध विमानस्थल परिसरमा स्थानीयद्वारा आन्दोलन स्थगित – Gaule Khabar

गौतम बुद्ध विमानस्थल परिसरमा स्थानीयद्वारा आन्दोलन स्थगित

गौतम बुद्ध विमानस्थल परिसरमा स्थानीयद्वारा आन्दोलन स्थगित

असार ६, भैरहवामा निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजना परिसरमा स्थानीयद्वारा गरिएको आन्दोलन स्थगित भएको छ । बिहीबारदेखि मुअब्जा बितरण प्रकृया शुरु गर्ने गर्ने सहमतिमा पछि दुई दिन देखि जारी आन्दोलन स्थगित भएको हो । आयोजनाको निर्माणाधिन धावनमार्गमा टेन्ट लगाएर स्थानीयले आन्दोलन गरेपछि धावनमार्गको निर्माण कार्य अवरुद्ध हुन पुगेको थियो । मुअब्जा बितरणका लागि नेपाल नागरिक उड्ययन प्राधिकरणले तत्काल २ अर्ब रुपैयाँ आयोजनाको खातामा पठाईदिएको र उक्त रकम सम्बन्धित जग्गा धनीलाई बितरणका लागि तत्कालै प्रकृया थालिने सहमतिमा आन्दोलन स्थगित गरिएको रुपन्देही –३ का प्रदेशसभा सदस्य सन्तोष पाण्डेले दिनुभयो । पाण्डेका अनुसार, प्राधिकरणका महानिर्देशक र पर्यटन राज्यमन्त्रीले मुअब्जाका लागि आयोजनाको खातामा तत्काल २ अर्ब रुपैयाँ पठाईसकिएको जानकारी दिंदै दुई दिनभित्र बाँकी ३ अर्व रुपैयाँ पनि उपलब्ध गराईने प्रतिबद्धता जाहेर गरेका थिए । गत फागुन महिनासम्म करीब ८ सय परिवारलाई ६ अर्ब रुपैयाँ मुअब्जा बितरण गरेको आयोजनाले त्यसपछि मुअब्जाका लागि बजेट प्राप्त नभएकाले बितरण कार्य रोकिएको थियो । विमानस्थलका लागि पछिल्लो पटक गरिएको जग्गा अधिग्रहणबाट करीब २ हजार २ सय परिवारले मुअब्जा पाउने छन् । जसका लागि करीब २३ अर्ब रुपैयाँ आवश्यक पर्छ । आयोजना प्रमुख ओम शर्माले आन्दोलन स्थगित हुनासाथ रोकिएको धावनमार्गको काम शुरु भइसकेको बताउनु भयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका