एमाले–माओवादी पार्टी एकता घोषणा सभामा (फोटोफिचर)

एमाले–माओवादी पार्टी एकता घोषणा सभामा (फोटोफिचर)

काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता प्रक्रियाबाट बनेको नेपाल कम्युनिष्ट पार्टीको घोषणा गरिएको छ ।

काठमाण्डौको भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा आयोजित पार्टी एकता घोषणा कार्यक्रममा पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ पार्टी स्थापना भएको घोषणा गरेका हुन् ।

विसं २००६ मा पुष्पलालको नेतृत्वमा गठित साम्यवादी दलको नाम नेकपा नै थियो । करीब सत्तरी वर्षअघि नेकपा घोषणा गर्दा पाँच जना संस्थापक (नरबहादुर कर्माचार्य, नारायणविला जोशी, निरञ्जनगोविन्द वैद्य र मोतीदेवी श्रेष्ठसहित) थिए भने आज ४४१ जनाको केन्द्रीय सदस्य घोषणा गरिएको छ ।

कम्युनिष्ट पार्टीमा हाइकमाण्ड, स्थायी समिति र केन्द्रीय
समितिसमेत गठन गरिसकेको छ । स्थायी समितिमा ४५ जना सदस्य र हाइकमाण्ड समितिमा ९ जना रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका